राष्ट्रिय
-
२०७६ आश्विन २६, आइतबार
चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता
नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...
-
२०७६ आश्विन २६, आइतबार
नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप
बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो...
-
२०७६ आश्विन २६, आइतबार
नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु
नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा...
-
२०७६ आश्विन २६, आइतबार
संस्कृति शिरोमणि जोशीको ‘अभिनव वेदादी कोषु लोकार्पण
संस्कृति शिरोमणि हरिराम जोशी द्वारा लिखित ‘अभिनव वेदादी कोष ‘ नामक वृहत ग्रन्थको लोकार्पण गरिएको छ । नेपाल सरकारका पूर्व मुख्य सचिव श्री मधुसुदन गोर्खालीको सभापतित्वमा सम्पन्न उक्त ग्रन्थको लोकार्पण कार्यक्रममा संस्कृति शिरोमणि जोशीका आफ्नै ९५ वर्षीय दाजु श्री केशव राम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । लोकार्पण गरिएको पुस्तक अगाडी ३० वटा भन्दा बढी ग्रन्थहरु लेखिसकेका मदन पुरस्कार,...
-
२०७६ आश्विन २६, आइतबार
तीन दानवीर र कर्मवीरलाई सम्मान
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरलाई सम्मान गरिएको छ । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले यहाँ आयोजित विशेष कार्यक्रममा समाजसेवीहरू श्रीजङ्ग शाह, डा। सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई सम्मान गर्नुभयो । नेपालगन्जको...
-
२०७६ आश्विन २६, आइतबार
ताल बाराही मन्दिरमा कोजाग्रत मेला
पोखरास्थित फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमाको मेला लागेको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पूर्णिमा कोजाग्रत पूर्णिमा का दिन सो मन्दिरमा पूजा गर्ने तथा दशैँमा प्रयोग गरिएको जमरा फेवाताल किनारामा सेलाउने प्रचलन छ । आजकै दिन मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत छ । तालको बीचमा रहेका कारण दर्शनका लागि भक्तजनले डुङ्गा चढ्नु अनिवार्य भएकाले आज लाग्ने...
-
२०७६ आश्विन २५, शनिबार
सडकमा स्वागतको भव्य तयारी
चीनका राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडाँै महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् । सडकको दायाँबायाँमा सुरक्षाकर्मी तैनाथ गरिनाका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण राष्ट्रपति सिको...
-
२०७६ आश्विन २५, शनिबार
देशकै ‘लाइफलाइन’ बन्नसक्छ केरुङ–काठमाडौँ रेलमार्ग
विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ । नेपाली पक्षमा पनि नाका व्यवस्थापन र सडक स्तरोन्नतिका काम भइरहेको छ । चिनियाँ राष्ट्रपति सी चीनफिङको राजकीय नेपाल भ्रमणमा क्रममा केरुङ–काठमाडौँ रेलमार्गको लगानीको ढाँचाका विषयमा हुने छलफलको तयारीले यो नाकाको चर्चा पुनः चुलिएको छ ।...
-
२०७६ आश्विन २५, शनिबार
रौटेलामा १९ फिटको त्रिशूल
कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ । नगरप्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताउनुभयो । घोषणाअनुसार...
-
२०७६ आश्विन २५, शनिबार
राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुगे
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । भारतको चेन्नईबाट उनी भर्खरै काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी एयर चाइनाको विशेष विमानबाट काठमाडौं आएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नेछिन् ।
-
२०७६ आश्विन २५, शनिबार
राष्ट्रपति भण्डारीको मन्तव्यको पूर्णविवरणः ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आज यहाँ आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले गर्नुभएको...
-
२०७६ आश्विन २४, शुक्रबार
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि नेपाली जनता आतुर
नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काङ्ग्रेसका नेताहरुले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई नेपाली जनता आतुरताका साथ पर्खिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले २३ वर्षपछि चिनियाँ नेताको उच्चस्तरीय राजकीय भ्रमणको स्वागतका लागि तत्पर रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सी...


