राष्ट्रिय
-
२०७६ आश्विन १०, शुक्रबार
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो । देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको...
-
२०७६ आश्विन १०, शुक्रबार
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेकोे हो । सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क...
-
२०७६ आश्विन १०, शुक्रबार
चार भवन निर्माण
अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवन निर्माण गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी भवन संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, वडा कार्यालय जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवनको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बिहीबार उद्घाटन गर्नुभयो । घारका...
-
२०७६ आश्विन १०, शुक्रबार
डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उहाँका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२...
-
२०७६ आश्विन १०, शुक्रबार
विश्व पर्यटन दिवसमा प्रभातफेरी
आज ४०आँै विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो । दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना ग¥यो । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको ¥याली नारायणहिटी दरबारको पूर्वतर्फ...
-
२०७६ आश्विन १०, शुक्रबार
पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला
दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने...
-
२०७६ आश्विन १०, शुक्रबार
म्याद सकिएको खाद्य वस्तु बिक्रीमा, अनुगमन जाँदा भागाभाग
जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा...
-
२०७६ आश्विन १०, शुक्रबार
दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने
पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो । यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताउनुभयो । “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट...
-
२०७६ आश्विन १०, शुक्रबार
जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म मजदूरले पाएनन् ज्याला रु
जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् । “काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार...
-
२०७६ आश्विन १०, शुक्रबार
तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन
चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेल्नुभयो । सोही गाउँपालिका–४ छेडामा स्थानीय बासिन्दा कान्छाराम लामाले सञ्चालन गरेको मिलमा तोरी पेल्न उहाँलगायतका सोही टोलका छिमेकीहरु पनि सँगै थिए । गाउँमा मिल नै नहुने र भए पनि राम्रोसँग पेलेर नदिने गरेका कारण पनि गाउँका मानिस सबैजसो त्यही आउने गरेका छन् । “गाउँमा अरु नजिक मिल...
-
२०७६ आश्विन ९, बिहिबार
‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरूबीच साझेदारी वृद्धि विषयको मन्त्रीस्तरीय उच्च बैठकमा मन्त्री ज्ञवालीले विभिन्न बहुतहबाट बहुपक्षीयतावादमा भएका आक्रमणका सन्दर्भमा...
-
२०७६ आश्विन ९, बिहिबार
लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ...


