राष्ट्रिय
-
२०७६ आश्विन ९, बिहिबार
स्विसबाट च्छोरोल्पा हिमतालसम्म पदमार्ग निर्माण
नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमतालसम्म पर्याटकलाई लक्षित गरी स्विस सरकारको सहयोगमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशङ्करमा पर्ने च्छोरोल्पा हिमतालसम्म स्विस सरकारको रु १० करोड आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो । गौरीशङ्कर गाउँपालिकाअन्तर्गत गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पासम्म ४० किलोमिटर...
-
२०७६ आश्विन ८, बुधबार
आफूखुशी मूल्य बढाए कारवाही गरिने
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले...
-
२०७६ आश्विन ८, बुधबार
व्यावसायिक कृषि फार्म सञ्चालनमा
नुवाकोटको विदुर नगरपालिका–५ स्थित छविसेफाँटमा व्यावसायिक कृषि परियोजना सञ्चालनमा आएको छ । स्वरोजगार प्रवद्र्धन एवं कृषि क्षेत्रलाई सम्मानित पेशा बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय युवाको संयुक्त लगानीमा ‘शुद्धीकरण कृषि फार्म’ मार्फत कृषि र पशुपालन शुरु गरिएको हो । यहाँको माझीटार, भत्तेरी, बट्टार र घारीगाउँको करीब ९० रोपनी बाँझो जग्गा भाडामा लिएर कृषि परियोजना कार्यक्रम शुरु गरिएको फार्मका...
-
२०७६ आश्विन ८, बुधबार
बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित
जिल्लामा सञ्चालन हँुदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी...
-
२०७६ आश्विन ८, बुधबार
दुई डिस्टीलरी सञ्चालक कारागारमा
अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही गरेको हो । उदयपुर...
-
२०७६ आश्विन ८, बुधबार
रोकियो दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणकार्य
शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण शुरु गरेको दीर्घकालीन फोहर सङ्कलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको मन्त्रालयका प्रवक्ता...
-
२०७६ आश्विन ८, बुधबार
अनलाइनबाट सबैलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी
नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । यात्रुलाई अनलाइन टिकट उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक...
-
२०७६ आश्विन ८, बुधबार
रतन्छामा घरैपिच्छे माछापोखरी
सफा र चिटिक्क परेको घर । घरैपिच्छे माछापोखरी । घर नजिकै निर्माण गरिएका पोखरीमा खेलिरहेका हुन्छन् ग्रासकार्प र कमनकार्प प्रजातिका माछा । साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासीका प्रत्येक घरमा माछापालन व्यवसाय गरिएको छ । जताततै पर्याप्त पानीको स्रोत रहेको रतन्छामा विसं २०५४ मा काठमाडौँस्थित गोदावरीबाट तीन हजार माछाका भुरा ल्याएर वितरण गरिएको थियो । जिल्लाको दक्षिणपूर्वी भेगमा पर्ने रतन्छामा ५५६...
-
२०७६ आश्विन ८, बुधबार
प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि ।
“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भन्नुभयो, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।” आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उहाँले मेहनत गरेमा ठूला...
-
२०७६ आश्विन ८, बुधबार
परराष्ट्रमन्त्री जनरल डिबेटमा सहभागी
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकको जनरल डिबेटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको छ । त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्रसङ्घको महत्व र भूमिकाको चर्चा गर्नुभयो । प्रतिरोधात्मक कूटनीति, दिगो विकासका...
-
२०७६ आश्विन ८, बुधबार
चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन नेता खाँड
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउनुभयो । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उहाँले चीनमा जनताले मतदान गर्न नपाउने बताउनुभयो । सरकारले चिनियांँ राजनीति नेपालमा...
-
२०७६ आश्विन ८, बुधबार
जङ्गली जनावर धपाउन खेतमै डेरा
शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् । “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले भन्नुभयो, “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।” आँखा...


