STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ भाद्र २४, मंगलबार

    कालाजारबाट महिलाको मृत्यु

    कालाजारबाट यहाँ एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेकी पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन रानाको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालका अनुसार भैरहवास्थित मेडिकल कलेजमा रानालाई उपचारको क्रममा कालाजार भएको पत्ता लागेको थियो । उनलाई थप उपचारका लागि बुटवल ल्याइएको थियो । प्रदेश ५ मा १२६ जनामा डेङ्गु प्रदेश नं ५ मा १२६...

  • २०७६ भाद्र २४, मंगलबार

    अरनिको राजमार्ग निर्माण गरिँदै

    सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको छ । गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४ किलो आसपासको सडक भत्किएपछि एकतर्फी रुपमा सवारी सञ्चालन हुँदै आएको छ...

  • २०७६ भाद्र २४, मंगलबार

    पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन

    बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो । पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र...

  • २०७६ भाद्र २४, मंगलबार

    अत्याधुनिक बसपार्क तयार

    नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँले केहीदिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिनुभयो । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले...

  • २०७६ भाद्र २४, मंगलबार

    न्याय सम्पादनमा समस्या

    स्थानीय तहहरूमा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा परेका मुद्दाको न्याय सम्पादनमा समस्या भएको छ । कानूनले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार दिएको भए पनि ऐन कानूनको ज्ञान नहुँदा तथा भौतिक संरचना अभावमा कार्यसम्पादन असहज भएको उपप्रमुखहरुको भनाइ छ । ऐन, नियम, कानून, निर्देशिका र न्याय सम्पादनबारे तालीम आवश्यक भएको स्थानीय तहका उपप्रमुख बताउँछन् । कैलालीको गौरीगङ्गा...

  • २०७६ भाद्र २४, मंगलबार

    बसपार्क हस्तान्तरणमा ढिलाइ

    निर्माण सम्पन्न भएको चार महीना बिते पनि सुर्खेत सिटी बसपार्क अझैं सञ्चालनमा आएको छैन । निर्माण कम्पनीले नगर विकास कोष र कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने आयोजना प्रक्रियागत ढिलाइका कारण सञ्चालनमा आउन नसकेको हो । नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले बसपार्क अब छिट्टै हस्तान्तरण हुने बताउनुभयो । “हस्तान्तरण प्रक्रिया शुरु भइसकेको छ, सम्भवतः असोजको पहिलो सातासम्म हस्तान्तरण...

  • २०७६ भाद्र २४, मंगलबार

    ‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’

    नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ९क०ले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका सांसद...

  • २०७६ भाद्र २४, मंगलबार

    वन्यजन्तुको अपराध नियन्त्रण गर्न छलफल

    वन्यजन्तुको अपराध नियन्त्रण गर्ने उद्देश्यले झापाको विर्तामोडमा सवारी चालक र यातायातकर्मीसँग छलफल गरिएको छ । हरियाली वन कार्यक्रमअन्तर्गत सामुदायिक वन महासङ्घ, एसआरआइलगायतका संस्थाको आयोजनामा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा वन्यजन्तुका बहुमूल्य वस्तु बोकेर कोही यात्रु चढेको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गरिएको थियो । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण...

  • २०७६ भाद्र २३, सोमबार

    नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु

    नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता आज राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका...

  • २०७६ भाद्र २३, सोमबार

    सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

    पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् । भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका...

  • २०७६ भाद्र २३, सोमबार

    प्रदेशबाट रासस बुलेटिन प्रकाशन गर्ने योजना

    राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्माले नेपालगञ्जस्थित रासस कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा महाप्रबन्धक शर्माले कार्यालयको सेवा प्रवाहको अवस्था, भौतिक पूर्वाधार, कर्मचारीको व्यवस्थापनलगायत विषयमा जानकारी लिनुभएको थियो । महाप्रबन्धक शर्मालाई कार्यालयका प्रमुख नीरज गौतमले रासस कार्यालय नेपालगञ्जवाट भइरहेका सेवाप्रवाह र अन्य वस्तुगत अवस्थाका बारेमा जानकारी...

  • २०७६ भाद्र २३, सोमबार

    अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः पर्यटनमन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत...

Pages