राष्ट्रिय
-
२०७६ भाद्र २६, बिहिबार
रकम अभावले इन्द्रजात्रा मनाउन समस्या
रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ...
-
२०७६ भाद्र २६, बिहिबार
मलेसियासँगको श्रम समझदारी कार्यान्वयनमा
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी एमओयू आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । मलेसियाको क्वालालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीअनुसार श्रमिक आपूर्ति गर्नेसम्बन्धी सहमति भएको छ । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारी भएको थियो । “नयाँ समझदारीअनुसार कामदार लैजाने विषयमा मलेसियासँग सहमति भएको छ”, नेपालको तर्फबाट बैठकको...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना आउँदै
इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले...
-
२०७६ भाद्र २६, बिहिबार
इन्द्रजात्रा, अनन्त चतुर्दशी
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा...
-
२०७६ भाद्र २६, बिहिबार
मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा
पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् । लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो । अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उहाँको भनाइ छ । “एक त बाटो अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, त्यसैमाथि गाडीको...
-
२०७६ भाद्र २५, बुधबार
तातोपानीका मुहान पुरिँदै ः संरक्षणको आवश्यकता
प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड परेका हुन् । म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी...
-
२०७६ भाद्र २५, बुधबार
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत...
-
२०७६ भाद्र २५, बुधबार
डेङ्गु फैलिन नदिन लार्भा नष्ट अभियान
बाँकेमा डेङ्गुु रोगको सङ्क्रमण फैलिन नदिन लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारार्थ आएका सात जनामा डेङ्गुु रोगको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् । खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्षित गरेर उक्त अभियान शुरु गरेको छ ।...
-
२०७६ भाद्र २५, बुधबार
पाँच किलोमिटरको भाडा रु १३०
बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यवसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा व्यवसायीको मनोमानीबाट ठगिएका छन् । महारानी थानदेखि डाँडाखेत हुँदै...
-
२०७६ भाद्र २५, बुधबार
पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ
पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् । पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नै गाउँघरमा उत्पादित वस्तुको स्वाद चखाएर पर्यटन व्यवसायलाई...
-
२०७६ भाद्र २५, बुधबार
शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म
इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडाँै उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै...
-
२०७६ भाद्र २५, बुधबार
राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण ः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताउनु भएको छ । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गर्नुभयो । आफ्ना गुरु बासमेत रहनुभएका कुलप्रसादको...


