STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ बैशाख २२, शनिबार

    डिभीको नतिजा आज आउँदै

    काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज शनिबार आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

  • २०८१ बैशाख २१, शुक्रबार

    तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवातको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा

      काठमाडौ - बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो । काठमाण्डौंको वसन्तपुरमा भव्य...

  • २०८१ बैशाख २१, शुक्रबार

    १०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौं - सरकारले एक सय रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेको छ ।  हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।  सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको छ । 

  • २०८१ बैशाख २०, बिहिबार

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

    आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना...

  • २०८१ बैशाख २०, बिहिबार

    वैशाख २४ को कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन मन्त्रालयको आह्वान

    बागमती प्रदेश सरकारले पारित गरेको भाषा विधेयक लागु भएको अवसरमा वैशाख २४ गते हुन गइरहेको वृहत उत्सवको कार्यक्रममा सहभागी हुन बागमती प्रदेश सरकार संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सम्पूर्णमा आह्वान गरेको छ । बागमती प्रदेशका संस्कृति पर्यटन एवं सहकारी विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यको हस्ताक्षरसहित प्रेस विज्ञप्तिलाई बुधबार काठमाडौंको हिमालय होटलमा आयोजित...

  • २०८१ बैशाख २०, बिहिबार

    भाषा ऐन लागु हुने उत्सव समारोह समिति गठन

    नेपाल संवत् ११४४ चौलागा द्वादशी वैशाख २४ गते बागमती प्रदेशले तामाङ र नेपालभाषालाई प्रदेशस्तरीय सरकारी कामकाजी भाषाको रुपमा लागु गर्ने दिनको खुसियाली मनाउन समारोह समिति गठन गरिएको छ । गत सोमबार काठमाडौंको नेपाः ब्यांक्वेटमा प्रदेश संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयको आयोजनामा भएको एक भेलाले ३ सय ३ जना सदस्य रहेको समारोह समिति गठन गरेको हो । बागमती प्रदेशका संस्कृति, पर्यटन एवं सहकारी...

  • २०८१ बैशाख १८, मंगलबार

    जलहरी घोटाला प्रकरणमा थापा, ढकाल र श्रेष्ठले पाए सफाइ

    काठमाडौं- विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत...

  • २०८१ बैशाख १२, बुधबार

    उपनिर्वाचनको मौन अवधि आज रातिदेखि, भारतीय सीमा ‘सिल’

    काठमाडौं - यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आज रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ। आयोगले यस...

  • २०८१ बैशाख १२, बुधबार

    राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

      काठमाडौं - नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष...

  • २०८१ बैशाख ११, मंगलबार

    नेपाल र कतारबीच यसअघि भएका महत्त्वपूर्ण सम्झौताहरू

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत...

  • २०८१ बैशाख ११, मंगलबार

    कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन्। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष...

  • २०८१ बैशाख ११, मंगलबार

    कतारी राजा आउँदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

    काठमाडौं - कतारका राजा आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।  दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन्।  त्रिभुवन विमानस्थलका अनुसार उनी सवार विमान अवतरणअघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइनेछ।  विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले विशिष्ट अतिथि आगमनको क्रममा यस्तो...

Pages