STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ आषाढ २५, मंगलबार

    केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

    राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो । समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो ।...

  • २०८१ आषाढ २४, सोमबार

    समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँचबुँदे सुझाव

      नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । गभर्नर अधिकारीले तीन...

  • २०८१ आषाढ २२, शनिबार

    काठमाडौं उपत्यकामा भारी वर्षा, देशभर विभिन्न सडक अवरुद्घ

    काठमाडौं - काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो ।  कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ ।  टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । काठमाडौंमा...

  • २०८१ आषाढ १५, शनिबार

    खेतीयोग्य जमिन नासिँदै

    असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको...

  • २०८१ आषाढ १५, शनिबार

    मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

    राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७।७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९।३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०।२ प्रतिशतसहित यो सङ्ख्या ३७।२ प्रतिशत हुन्छ ।अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९।५...

  • २०८१ आषाढ १२, बुधबार

    लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने

      उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उहाँले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिनुभयो । सीमित साधन स्रोतबीच सुरक्षा निकायले...

  • २०८१ आषाढ १२, बुधबार

    देशभर मनसुनी वायुको प्रभाव

    देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७।२, झापाको अनारमनीमा १२७।४, उदयपुरको सुन्दरपुरमा ११८।८, सिन्धुपाल्चोकको ढुंगेमा ९६।८, संखुवासभाको तुर्केघाटमा ९४...

  • २०८१ आषाढ १०, सोमबार

    नगरसभामा लफडामा कुर्सी तोडफोड

    काठमाडौं- बाराको जीतपुरसिमरा उपमहानगरपालिको नगरसभा बैठकमा झडप भएको छ।  सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बैठक बोलाइएको थियो। तर नेकपा कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) लगायत दलबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि झडपको स्थिती सिर्जना भएको हो।  आज बिहानैदेखि एमाले, कांग्रेस र लोसपा निकट वडाध्यक्षहरुले अवरोध गर्ने तयारी गरिरहेका थिए। नगरसभा हलमा जीतपुर...

  • २०८१ आषाढ ९, आइतबार

    इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो

    सिन्धुपाल्चोक -  जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ ।  आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ । गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ...

  • २०८१ आषाढ ९, आइतबार

    पनौतीमा ज्या पुन्हि जात्रा मनाइयो

    काभ्रेपलाञ्चोक - जिल्लाको ऐतिहासिक नगर पनौतीमा देवताबीच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्या पुन्हि) सकिएको छ ।  जात्राको अन्तिम दिन शनिबार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा...

  • २०८१ आषाढ ७, शुक्रबार

    मेलम्चीको पानी तत्काल बन्द नहुने

    काठमाडौं- सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिए पनि तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। आजदेखि आयोजना बन्द गर्ने तयारी गरे पनि मेलम्ची नदीको पानी नधमिलिएकाले सावधानी अपनाएर उपत्यकामा पानी पठाइने समितिले जनाएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै मनसुनजन्य विपद्‌बाट आयोजना जोगाउन सरकारले आयोजना बन्द गर्ने तयारी...

  • २०८१ आषाढ ६, बिहिबार

    एआई नीति ल्याउँदै सरकार

    काठमाडौं - सरकारले एआई पोलिसी (कृत्रिम बौद्धिकता नीति) ल्याउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले एआई नीति ल्याउने तयारी गरेको बताएकी छन्। संसदमा मन्त्रालयगत बजेटमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले आगामी आर्थिक वर्षमा एआई नीति ल्याइने बताइन्। त्यसका लागि तीव्ररूपमा काम भइरहेको समेत उनको भनाइ छ।  एआई नीतिको अवधारणा तयारीका लागि स्रोतको व्यवस्थापनदेखि त्यसको...

Pages