राष्ट्रिय
-
२०७६ आषाढ २०, शुक्रबार
केइसीमा ‘दृष्टि २।०’ प्रदर्शनी शुरु
काठमाडौँ इञ्जिनियरिङ कलेज केइसी, कालीमाटीमा राष्ट्रियस्तरको ‘दृष्टि २।०’ तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । ड्रोन उडाएर प्रदर्शनीको उद्घाटन गर्दै कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानले इञ्जिनीयरिङ अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कार्यलाई केन्द्रित गर्दै आयोजना गर्दै आएको बताउनुभयो । “विशेष गरी इञ्जिनीयरिङ विषय अध्ययन गर्न चाहने १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि लक्ष्य गरी कलेजले प्रदर्शनी...
-
२०७६ आषाढ २०, शुक्रबार
राजधानीमा बाटिक मेला शुरु
राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । आजसम्म सञ्चालन हुने मेलामा...
-
२०७६ आषाढ २०, शुक्रबार
एकापसमा मिल्ने भए ग्लोबल आइएमई र जनता बैंक
ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन् । सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२...
-
२०७६ आषाढ २०, शुक्रबार
केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ
केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट...
-
२०७६ आषाढ २०, शुक्रबार
‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढ्यो
सरकारले ‘स्मार्ट चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । सेवाग्राहीलाई सहज र चाँडो सेवा दिनका लागि ‘मास प्रिन्टर’ र कार्ड खरीद प्रक्रिया अघि बढाएको हो । आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीलाई चालक अनुमतिपत्र उपलब्ध गराउनका लागि मास प्रिन्टर र कार्ड खरीद गर्नेसम्बन्धी ठेक्का सम्झौता भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । गत...
-
२०७६ आषाढ २०, शुक्रबार
वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै...
-
२०७६ आषाढ २०, शुक्रबार
उदयपुर सिमेन्ट उद्योग बन्द
नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द हुन पुगेको सो उद्योगले जनाएको छ । विद्युत्को भोल्टेजमा आएको...
-
२०७६ आषाढ २०, शुक्रबार
‘बम–सरस्वती स्मृति पुरस्कार’ श्रेष्ठलाई
धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु १० हजार राशिको सो पुरस्कार यही असार २९ गते २०६ औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । नुवाकोट...
-
२०७६ आषाढ २०, शुक्रबार
हेमबहादुर मल्ल सम्मान पाण्डेलाई
साल्ट ट्रेडिङ कर्पोरेशनको प्रायोजनमा स्थापित २०७२ सालको हेमबहादुर मल्ल सम्मान पूर्वमन्त्री देवेन्द्रराज पाण्डेले प्राप्त गर्नुभएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँगको साझेदारीमा नेपाल जनप्रशासन सङ्घले आज राजधानीमा गरेको कार्यक्रममा नेपाली संस्कृतिका जानकार सत्यमोहन जोशीले उहाँलाई रु दुई लाख नगदसहित सम्मान गर्नुभयो । नागरिक समाजका अगुवा पाण्डेले नेपालको चौतर्फी विकास, प्रशासन तथा अर्थतन्त्रमा सुधारका...
-
२०७६ आषाढ २०, शुक्रबार
कारागारका कैदीमा छालाजन्य रोग
तनहुँको कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखापरेको छ । कारागारमा रहेका १३९ कैदीबन्दीमध्ये १०÷१२ जना कैदीबन्दीमा छालाजन्य रोग देखापरेको हो । एक महीनाअघि २०÷२५ जनामा छालासम्बन्धी समस्या रहेकामा हाल उपचारपछि कमी आएको कारागारका स्वास्थ्य सहायक सक्षम घिमिरेले बताउनुभयो । कारागारमा उपचार हुन नसकेका यस्ता समस्याका कैदीबन्दीलाई दमौली अस्पतालमा रिफर गरेर उपचार गर्ने गरिएको छ उहाँले भन्नुभयो, “...
-
२०७६ आषाढ २०, शुक्रबार
घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताउनुभयो । उहाँका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने पोखरी,...
-
२०७६ आषाढ २०, शुक्रबार
वीरगञ्ज महानगरपालिकाद्वारा बजेट सार्वजनिक
प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गतेभित्र स्थानीय तहले नगरसभा गरी सक्नुपर्ने कानूनी प्रावधानअनुसार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको नीति...


