राष्ट्रिय
-
२०७६ आषाढ २३, सोमबार
बूढीगङ्गा नदी थुनिने सम्भावना
जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो । १० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताउनुभयो । वर्षा भइरहेका कारण पहिरो...
-
२०७६ आषाढ २३, सोमबार
योग शिक्षालाई विद्यालयसम्म पु¥याउँछौँ ः शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कूलस्कूलमा पु¥याउने बताउनुभएको छ । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले यहाँ आज आयोजना गरेको ‘केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग’ विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालयमा योग शिक्षा पु¥याउन पाठ्यक्रम निर्माण कार्य अगाडि...
-
२०७६ आषाढ २३, सोमबार
दलितलाई पेशानुसारका सामग्री प्रदान
पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशाको संरक्षण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले पालिकाभरि बस्ने दलित समुदायलाई लक्षित गरी उनीहरुलाई जातीय पहिचान जोगाउन अभियान थालेको गाउँपालिकाले जनाएको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरी आरनका सामग्री, विद्युतीय पङ्खा, फलाम कटर, ग्रेन्डर तथा गन्धर्व समुदायका लागि संस्कृतिको संरक्षण गर्न बाजा सारङ्गी, मादल, केसियो,...
-
२०७६ आषाढ २३, सोमबार
सबै नेपालीको घरमा उज्यालो पु¥याइनेछ ः मन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।” मन्त्री पुनले अहिले मुलुकमा अघि बढाइएका...
-
२०७६ आषाढ २३, सोमबार
भानुभक्त प्राणी उद्यानमा १३ वन क्षेत्र समावेश
तनहुँको व्यासनगरपालिका–१२ स्थित भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो । स्थानीय संरक्षणमार्फत पर्या–पर्यटन विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै समृद्धिमा टेवा पु¥याउने लक्ष्य रहेको भानुभक्त प्राणी उद्यान कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो...
-
२०७६ आषाढ २३, सोमबार
बाँकेमा अठार हजार व्यावसायिक प्रतिष्ठान
सार्वजनिक गरिएको राष्ट्रिय आर्थिक गणना—२०७५ का अनुसार बाँकेमा अठार हजार ६६६ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती व्यावसायिक प्रतिष्ठानमा ४४ हजार ३३३ पुरुष र २० हजार ५४९ महिला गरी कूल ६४ हजार ८८२ जनाले रोजगारी पाएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क कार्यालय बाँकेका प्रमुख पोमनारायण पौडेलले पछिल्लो समय बाँकेमा प्रतिष्ठानहरुको सङ्ख्या बढ्दै गएको बताउनुभयो । बाँकेमा २०७२ देखि २०७५ सम्म नौ...
-
२०७६ आषाढ २३, सोमबार
टाइफाइडको प्रकोप बढ्दै
हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिनुभयो । एक...
-
२०७६ आषाढ २३, सोमबार
देशभर मनसुन सक्रिय
मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा पानी पर्ने प्रणाली उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा...
-
२०७६ आषाढ २३, सोमबार
बाबुको पुख्र्यौली पेशा अपनाउँदै पूर्णलक्ष्मी
“बाबुले जीवनभर अपनाएको पुख्र्यौली पेशा आज मेरो दिनचर्याको एक माध्यम बन्नपुग्यो”, ४० वर्षअघि हाल ललितपुर महानरपालिका–२१ बुङमतीमा जन्मिनुभएकी पूर्णलक्ष्मी शाक्यले आफूले काठमा कुँदेका भगवान्का मूर्ति देखाउँदै भन्नुभयो । “माइतीमा छँदा बेलाबखत बाबुले गर्नुभएको काम हेर्ने गर्थेँ । उहाँले कँुदेका बुट्टाहरु मलाई ज्यादै मनपथ्र्यो । कहिलेकाहीँ खोइ त बाबा म पनि बुट्टा बनाउँछु भनेर बाबुलाई जिस्क्याउँदा...
-
२०७६ आषाढ २३, सोमबार
नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण
नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ । नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गर्नुभयो । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक...
-
२०७६ आषाढ २३, सोमबार
कस्तुरीको बिना कारोवारको आरोपमा प्रहरीसहित छ पक्राउ
कस्तुरीको बिना कारोवारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कर्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा आइतबार साँझ एक प्रहरीसहित छ जनालाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । पक्राउ पर्नेमा प्रहरी हबल्दार बमबहादुर चन्द रहेको र अन्य विवरण भने आज दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । प्रहरीले कस्तुरीको बिनासमेत बरामद गरेको...
-
२०७६ आषाढ २३, सोमबार
शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले विद्यालय जाने उमेरका सबै बालबालिकालाई शिक्षा दिने उद्देश्यसहितको राष्ट्रिय अभियान अगाडि बढाइएको बताउनुभयो । “नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा...


