STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ १०, मंगलबार

    स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो । बुद्ध आँखा जाँच केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका...

  • २०७६ आषाढ १०, मंगलबार

    क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ प्रबलीकरण गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो । भूकम्पले घर चर्किएको करीब...

  • २०७६ आषाढ १०, मंगलबार

    कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान सम्पर्कमा रहनेलाई पनि औषधि

    कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन...

  • २०७६ आषाढ १०, मंगलबार

    प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

    फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण मेसिन राख्ने तयारी गरेको हो । विषादी परीक्षणका लागि पाँच मेसिन बोलपत्रमार्फत खरीद गरिसकिएको प्रदेश...

  • २०७६ आषाढ ९, सोमबार

    प्रदेश सरकार र स्थानीय तह रङ्गशालालाई रकम छुट्याउँदै

    राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी...

  • २०७६ आषाढ ९, सोमबार

    अलैँची रोप्ने चटारोमा किसान

    मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थाल्नुभएको हो । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उहाँले गर्नुभएको छ । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र...

  • २०७६ आषाढ ९, सोमबार

    लागुऔषधसम्बन्धी जनचेतना दिँदै प्रहरी

    जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध साइबरक्राइम सम्बन्धी प्रशिक्षण दिन थालेको छ । शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण गरिएको छ । कार्यक्रममा लागुऔषधले पार्ने असर, साइबर क्राइमसम्बन्धी जानकारी दिइएको छ । नेपाल स्काउटसँगको समन्वय,...

  • २०७६ आषाढ ९, सोमबार

    ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित

    सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करीब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महीनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् । गत वर्षको मङ्सिर महीनायता सामाजिक सुरक्षाभत्ताबापत कुनै रकम पाउन नसकेको...

  • २०७६ आषाढ ९, सोमबार

    पेट्रोलियम पाइप लाइनको परीक्षण सम्पन्न

    नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महीनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन...

  • २०७६ आषाढ ९, सोमबार

    विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय

    सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुवानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । त्यस...

  • २०७६ आषाढ ९, सोमबार

    सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

    सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था कोमा मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिवको...

  • २०७६ आषाढ ९, सोमबार

    बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

    बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली वाषर््िाक एक हजार रकम उपलब्ध गराइने उल्लेख छ । तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई उपलब्ध नगराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ ।...

Pages