STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आषाढ ९, सोमबार

    गुठि विधेयक विरुद्ध १४ गते मोटरसाइकल ¥याली, २० गते विशालसभा हुने

    गुठि आन्दालनको लागि गठित संघर्ष समितिले गुठि विधेयक खारेजीको लागि दवाब दिन विभिन्न खबरदारी कार्यक्रम सार्वजानिक गरेको छ । समितिको आईतवार नेवाः ब्याकेटमा आयोजित भेलाले असार ९ गते उपत्याभरी कोणसभा गर्ने, १४ गते काठमाडौको न्युरोडबाट विशाल खबरदारी मोटरसाइकल ¥याली निकाल्ने तथा २० गते बसन्तपुरमा बृहत केन्द्रिकृत विशाल सभा गर्ने निर्णय गरेको छ ।

  • २०७६ आषाढ ९, सोमबार

    महिला फुटबल–विराटनगर सेमिफाइनलमा

    राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै...

  • २०७६ आषाढ ९, सोमबार

    एउटै गाउँमा ४२ टन मह उत्पादन

    पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले...

  • २०७६ आषाढ ९, सोमबार

    रक्षाका ११३ कर्मचारी अन्योलमा

    रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण ओएण्डएम बनाउँदा गरेको त्रुटिका कारण ११३ कर्मचारी अहिले अन्योलमा परेका छन् । मन्त्रालयले सङ्गठन संरचना निर्माणका बेला नेपाली सेनाका विभिन्न १७ वटा एकाइमा रही विशेष सेवा दिइरहेका निजामती सेवाकै कर्मचारीलाई बेवास्ता गरिएका कारण मन्त्रालय मातहतकै केही कर्मचारीलाई समस्या आएको विभागीय कार्यसमिति रक्षा मन्त्रालयका अध्यक्ष पूर्णकान्त घिमिरेले जानकारी दिनुभयो...

  • २०७६ आषाढ ९, सोमबार

    इलामको चिया उद्योग बन्द हुने क्रममा

    इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो रु ४० कायम गरेको थियो । तर उद्योगीले अहिलेको ‘...

  • २०७६ आषाढ ९, सोमबार

    राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

    झापामा राष्ट्रिय परिचयपत्रका लागि जैविक तथा वैयक्तिक विवरण सङ्कलन कार्य आजदेखि शुरु भएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल राष्ट्रिय परिचयपत्रका लागि विवरण दिने झापाको पहिलो व्यक्ति हुनुभएको छ । गत मङ्सिर ३ गते पाँचथरको फिदिमबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको थियो । त्यसपछि झापामा परिचयपत्र वितरणका निम्ति विवरण सङ्कलन शुरु गरिएको झापाका प्रमुख जिल्ला आधिकारी जनकराज...

  • २०७६ आषाढ ९, सोमबार

    होटलमा खाद्य स्वच्छता स्टीकर

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले दमौलीमा सञ्चालित छ वटा होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरणका लागि आइतबार ती होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता स्टीकर टाँस गरेको हो । दमौलीमा सञ्चालित प्रेरणा नेवा खाजा घर र लाङ्घाली होटलमा उत्तम ९ख०, ट्रान्जिट...

  • २०७६ आषाढ ९, सोमबार

    गुठीको जिम्मा प्रदेश वा स्थानीय सरकारलाई देउ ः बिजुक्छे

     नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गुठी जग्गाको नियन्त्रण एवं व्यवस्थापन गर्न उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाको पाँचौँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले नेपालका गुठी जग्गा लथालिङ्ग अवस्थामा रहेकाले यसको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । जनप्रतिनिधिले जनताको मतलाई अप्ठ्यारो हुने गरी काम गर्न नहुनेमा जोड...

  • २०७६ आषाढ ९, सोमबार

    कम नम्बर ल्याउनेलाई स्वर्णपदक दिलाइएकामा संसद्मा आपत्ति

    कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका बारेमा आजै छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण...

  • २०७६ आषाढ ८, आइतबार

    रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु

    वर्षा र सहकाल का देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप...

  • २०७६ आषाढ ८, आइतबार

    पत्रकारिताका नाममा ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता

    पत्रकारिताका नाममा धम्की दिई ठग्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । जनकपुरधामबाट प्रकाशन हुने ‘दूधमति’ साप्ताहिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित समारोहमा वक्ताहरूले धम्की दिई नैतिक दबाब र रकमको चलखेलले पत्रकारिताप्रतिको विश्वासमा कमी आउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले वस्तुनिष्ठभन्दा पनि दलाली गर्ने र अमर्यादित ढङ्गले प्रस्तुत हुने घटनामा वृद्धि हुनु...

  • २०७६ आषाढ ८, आइतबार

    गए राती देखि विद्युत् सेवा अवरुद्ध

    गए रातिदेखि परेको अविरल वर्षाका कारण सल्यानमा विद्युत् अवरुद्ध भएको छ । विद्युत्को दाङ–सल्यान प्रसारण लाइनअन्र्तगत विभिन्न ठाउँमा समस्या आएपछि शनिबार रातिदेखि विद्युत् अवरुद्ध बनेको हो । विद्युत् प्रसारण अवरुद्ध हुँदा जिल्लाका उद्योग, कलकारखाना तथा सरकारी कार्यालयसमेत प्रभावित भएका छन् । बिहानदेखि विद्युत् मर्मत गरी सञ्चालन गर्ने प्रयास गरिएको भए पनि अविरल वर्षाका कारण कठिनाइ भएको विद्युत्...

Pages