राष्ट्रिय
-
२०७६ आषाढ ८, आइतबार
रातो मच्छिन्द्रनाथको अस्थायी प्रदर्शनी शुरु
वर्षा र सहकाल का देवता रातो मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी आजदेखि पाटन सङ्ग्रहालयले शुरु गरेको छ । पाटन दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढाउन सङ्ग्रहालयले २७ इञ्च लामो रथको ४० दिनका लागि प्रदर्शनी गरेको हो । गत वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना रातो मच्छिन्द्रनाथको जात्रा चलेको थियो । सङ्ग्रहालयका कार्यकारी निर्देशक सन्दीप...
-
२०७६ आषाढ ८, आइतबार
जमीन भासिँदा जिससको भवन भत्कियो
लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति जिसस पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी चण्डीका गणमा...
-
२०७६ आषाढ ८, आइतबार
गए राती देखि विद्युत् सेवा अवरुद्ध
गए रातिदेखि परेको अविरल वर्षाका कारण सल्यानमा विद्युत् अवरुद्ध भएको छ । विद्युत्को दाङ–सल्यान प्रसारण लाइनअन्र्तगत विभिन्न ठाउँमा समस्या आएपछि शनिबार रातिदेखि विद्युत् अवरुद्ध बनेको हो । विद्युत् प्रसारण अवरुद्ध हुँदा जिल्लाका उद्योग, कलकारखाना तथा सरकारी कार्यालयसमेत प्रभावित भएका छन् । बिहानदेखि विद्युत् मर्मत गरी सञ्चालन गर्ने प्रयास गरिएको भए पनि अविरल वर्षाका कारण कठिनाइ भएको विद्युत्...
-
२०७६ आषाढ ८, आइतबार
राष्ट्रिय पाककला प्रतियोगिता
देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता खाना पकाउने सीप परीक्षण मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सि टीइभिटी र राष्ट्रिय सीप परीक्षण विभागको आयोजना, स्वीस सरकारको प्राविधिक सहयोग तथा गेट भोकेसनलको समन्वयमा पोखरामा आयोजना गरिएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपालीले उपाधिको साथमा नगद रु एक लाख...
-
२०७६ आषाढ ८, आइतबार
एक कृषकले राखे ११४ जातको धानको बीउ
प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राख्नुभएको छ । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राख्नुभएका उहाँले यस वर्ष थप दुई नयाँ जातको बीउ राख्नुभएको हो । चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गर्नुभएको छ । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा...
-
२०७६ आषाढ ८, आइतबार
सातै प्रदेशको सांस्कृतिक ग्रन्थ प्रकाशनको योजना
नेपाल प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशको गौरवमय सांस्कृतिक पहिचानको उत्खनन गरी ‘नेपाल दर्शन’ ग्रन्थ प्रकाशन गर्ने योजना अघि सारेको छ । मुलुकका सांस्कृतिक सम्पदाको स्थलगत अध्ययनबाट वस्तुगत विवरण सङ्कलन गरेर विश्लेषणसहित नेपाली र अङ्ग्रेजी संस्करणमा ग्रन्थ प्रकाशन गरिने भएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विदेशीहरुलाई समेत नेपालको सम्पादाबारे देखाउन मिल्ने प्रकाशनको अभाव भएकाले...
-
२०७६ आषाढ ८, आइतबार
पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि
योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय हुनुहुन्छ । दुई दशक अघिदेखि नेपाल...
-
२०७६ आषाढ ८, आइतबार
३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैन
अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०÷४५ वर्ष जस्ती देखिन्छिन् उनी । यो उमेरमै पाँच सन्तान पाइसकेकी मैयाँ फेरि पनि गर्भ बसेको पो छ कि भन्ने शङ्का मेट्न छिमेकी...
-
२०७६ आषाढ ८, आइतबार
चीनको सिचुआनमा भूकम्प, १९ जना घाइते
चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५।४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय समय अनुसार...
-
२०७६ आषाढ ८, आइतबार
सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन
सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग रुट व्यवस्थापन गर्न सकेको छैन । मार्ग निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गठन गरेको समितिले प्रतिवेदन दिए पनि सो बमोजिम अझै मार्ग निर्धारण हुन नसकेको हो । मन्त्रालयले गत वर्ष नै यातायात व्यवस्था विभागका प्रतिनिधि, एकान्तकुनास्थित यातायात व्यवस्था...
-
२०७६ आषाढ ८, आइतबार
‘नेपालको वन जनताको धन’ कायम गर्न सरकार प्रतिबद्ध
सरकारले ‘नेपालको वन जनताको धन’का रुपमा विकास गर्ने गर्ने लक्ष्यका साथ कार्यक्रम, बजेट र नीति तथा योजना तय गरेको छ । गैरकानूनीरुपले वन फँडानी, अतिक्रमणलगायत मानवीय अतिक्रमण रोकेर त्यसलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको प्रतिनिधिसभाको आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले विगतमा...
-
२०७६ आषाढ ८, आइतबार
कृषि पकेट क्षेत्र सांसदकै निगरानीमा सञ्चालन गरिने
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताउनुभएको छ । मन्त्रालयअन्तर्गतका योजनाको अनुगमन तथा पशुपालन र कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययनको क्रममा दैलेख पुग्नुभएको मन्त्री केसीले आगामी आवबाट कृषि पकेट क्षेत्र स्थापना गरी त्यसको प्रत्यक्ष निगरानी सांसदमार्फत गर्ने बताउनुभयो । गरीब समुदायको जीवनस्तरमा सुधार...


