STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ९, बिहिबार

    आठ डाँका पक्राउ

    हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पक्राउ गरिएका डाँकालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । जानकी विहारका महन्त नारायण शरणको बासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदीलगायतका गरगहना डकैती गरी लुटी लैजाने उद्देश्यले भारतको विहारबाट भारतीय नंं प्लेटको २ मोटरसाइकल तथा एक स्कुटरमा आठ...

  • २०७६ जेठ ९, बिहिबार

    अँध्यारोमा बुधसिंह गाउँ

    नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिरानटोल स्थित बुधसिंहको दलित बस्तीमा १० दिनदेखि बत्ती नहुँदा आधा गाउँ नै अन्धकारमा बस्नुपरेको छ । दश दिनदेखि ४ नम्बर कार्यालय परिसर र चन्दनी माथितिरको गाउँ बस्तीमा बत्ती नभएपछि स्थानीय ठूलो मर्कामा परेको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताउनुभयो । विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराए पनि सो कार्यालयले गुनासोलाई बेवस्ता गरेको उहाँको भनाइ रहेको छ । अध्यक्ष...

  • २०७६ जेठ ९, बिहिबार

    अध्यक्ष रेग्मी धरौटीमा रिहा

    उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा हुनुभएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उहाँ जिल्ला प्रशासन कार्यालय चितवनमा रु ५४ हजार धरौटी...

  • २०७६ जेठ ९, बिहिबार

    टिपरको ठक्करबाट मृत्यु

    मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ । बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य...

  • २०७६ जेठ ९, बिहिबार

    विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

    काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ । कामपाले बुधबार यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनमा फोहरमैलाले पारेको प्रभाव’ विषय गोष्ठीमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सवारी साधनबाट आउने धुवाँ कम हुनासाथ वातावरण प्रदूषणमा सुधार आउने हुँदा त्यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराउनुभयो । काठमाडौँ उपत्यकामा उत्पादन...

  • २०७६ जेठ ९, बिहिबार

    सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

    सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो । यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको...

  • २०७६ जेठ ९, बिहिबार

    तालपोखरामा डुङ्गा बन्द

    एक सय पर्यटकीय गन्तव्य स्थलमा सरकारले रामपुरको तालपोखरालाई छनोट गरेपछि यसले निकै चर्चा पायो । टाढा टाढाबाट पर्यटक तालपोखरा हेर्न रामपुर भित्रिन थाले । आन्तरिक पर्यटकले खचाखच हुने तालपोखरा क्षेत्र अहिले भने सुनसान छ । कृत्रिम तालका रुपमा विकास गरिएको तालपोखरामा दुई महिनाअघिदेखि डुङ्गा सञ्चालन बन्द गरिएपछि यहाँ आउने पर्यटकलाई सास्ती भएको छ । टाढा टाढाबाट डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु अहिले...

  • २०७६ जेठ ९, बिहिबार

    स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

    प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसैगरी बुधबार नै बसेको दोस्रो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा विभूषण पदक प्रदान गर्न सिफारिसको...

  • २०७६ जेठ ९, बिहिबार

    गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ ः मन्त्री केसी

    कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ ।  आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो । “हामी गरीब र भूमिहीनहरुको पक्षमा नीति तथा...

  • २०७६ जेठ ९, बिहिबार

    आठौँ राष्ट्रिय खेलकूदका विजयी खेलाडी सम्मानित

    सशस्त्र प्रहरी बल एपीएफ ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पदक विजेता आफ्ना क्लबका खेलाडीलाई आज सम्मान गरेको छ ।प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा पदक विजेता खेलाडीलाई हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सम्मान गर्नुभएको हो । उक्त प्रतियोगितामा एपीएफ क्लब तेस्रो भएको थियो । एपीएफले ५४ स्वर्ण, ६९...

  • २०७६ जेठ ९, बिहिबार

    पोखरी पुनःनिर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा

    काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् ।  ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्वको टोलीले भक्तपुर नगरप्रमुख सुनिल प्रजापति लगायतसँग भेटघाट तथा छलफल गरेको हो । भेटमा...

  • २०७६ जेठ ९, बिहिबार

    वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा विकासका काम प्रभावित

    प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा डडेल्धुरामा कतिपय विकास निर्माणका काममा अवरोध सृजना भएको छ ।  प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी टेण्डर आह्वान गर्दा विशेषगरी वनजङ्गल भएको क्षेत्रमा विकास निर्माणको काममा समस्या उत्पन्न भएको हो ।  डडेल्धुरादेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्मको ३२ केभी विद्युत् प्रसारण लाइन जङ्गलका कारण विस्तार हुन नसकेको...

Pages