STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ जेठ ९, बिहिबार

    एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

    नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताउनुभयो । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उहाँको भनाइ थियो...

  • २०७६ जेठ ९, बिहिबार

    निकुञ्जका ५० ताल र पोखरीको स्तरोन्नति

    वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको निकुञ्जका प्रमुख संरक्षण...

  • २०७६ जेठ ९, बिहिबार

    कोरिया भाषा परीक्षाको तयारी तीव्र, ३२ केन्द्र तोकियो

    रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ ।      सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका...

  • २०७६ जेठ ९, बिहिबार

    हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै

    पर्यटकीय मौसमको बहानमा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक बोक्न थालेपछि संस्थानले स्थलमार्ग हुँदै स्थानीय तहसम्म पु¬¥याउन सहकारी संस्था परिचालनको विकल्प अघि सारेको हो ।...

  • २०७६ जेठ ९, बिहिबार

    विद्युत् प्रसारण लाइनको परीक्षण सफल

    पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ । रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण गर्ने कार्य सफल भएको हो ।  वडाध्यक्ष भीमबहादुर बयम्बुले बत्ती बालेर लाइनको परीक्षण गर्नुभयो । उहाँले कामलाई जति सक्दो छिटो अगाडि बढाएर घरघरमा विद्युत्को सेवा दिने बताउनुहुन्छ । विद्युत्को पहुँच नपुगेको यस गाउँमा यसै आर्थिक वर्षमा घरघरमा विद्युत् सेवा दिने गरी...

  • २०७६ जेठ ९, बिहिबार

    वालिङले थाल्यो नमुना अभ्यास

    स्याङ्जाको वालिङ नगरपालिकाले बृहत् योजना तर्जुमाका लागि नमूना अभ्यासको थालनी गरेको छ । वालिङ नगरपालिकाले विकास र सेवालाई न्यायपूर्ण बनाउन बृहत् योजना तर्जुमाका लागि १४ वटै वडामा समूहगत छलफल गरेको हो । कमिटेड नेपालले द एशिया फाउण्डेशनको सहयोगमा वालिङ नगरपालिकाका १४ वटै वडामा पुगेर समूहगत छलफल गरेको हो । नगर कार्यपालिका वा गाउँ कार्यपालिकामा कार्यपालिका सदस्यहरु आफै बढी सक्रिय भएर नगरपालिका तथा...

  • २०७६ जेठ ९, बिहिबार

    स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छ ः राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले  स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले  स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताउनुभयो ।  राष्ट्रपति भण्डारीले भन्नुभयो, “...

  • २०७६ जेठ ९, बिहिबार

    चौतारीको संरक्षणमा जुटे स्थानीवासी

    स्थानीय समाजसेवी ऐशनारायण श्रेष्ठले सङ्खुवासभा चैनपुरस्थित जिरोप्वाइन्टमा रहेको बरपिपल संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा रहेका चौतारी मासिँदै गइरहेको बेला चैनपुरको मुटुमा रहेका चौतारीले भने संरक्षक भेट्टाएको छ । आफ्ना बुबाआमाको सम्झनामा रोपिएको बरपिपलमुनि सडक निर्माण र अन्य कारणबाट भत्किएको चौतारीलाई पुनःनिर्माण गर्दै आरामदायी फलामे फलैँचा राखेर प्रतिक्षालयको रूपमा चौतारीलाई रूपान्तरण गरिएको...

  • २०७६ जेठ ९, बिहिबार

    पुष्पलाल स्मृति भवन निर्माण गरिँदै

    चौदण्डीगढी नगरपालिकाको वडा नं ६ स्थित बेल्टार बजारमा पुष्पलाल स्मृति बहुउद्धेश्यीय भवन निर्माण गर्न लागिएको छस्थानीयवासी शम्भु पौडेलले प्रदान गर्नुभएको एक कठ्ठा जग्गामा उक्त भवन निर्माण गर्न लागिएको होे । प्रदेश नं १ का सांसद बिमल कार्कीले उपलब्ध गराउनुभएको संसदीय कोषको रु २५ लाख र बाँकी प्रदेश सरकारको पहलमा झण्डै रु ६० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएकोे भवन निर्माण समितिका अध्यक्षसमेत...

  • २०७६ जेठ ९, बिहिबार

    अपराध अनुसन्धानमा ‘गौरी’ र ‘जमुना’को चर्चा

    कुकुरका लागि मानिस साथी र रक्षक दुबै हो । घरको सुरक्षादेखि अपराधी पत्ता लगाउने काममा समेत कुकुरको प्रयोग हुँदै आएको छ । विश्वमा प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिँदै आएका छन् । कुकुरको सहयोगका कारण ठूला ठूला अपराधमा संलग्न हुनेहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् । अन्य मुलुकको जस्तै नेपालमा पनि प्रहरीले अपराध अनुसन्धानमा कुकुरको सहयोग लिईदै आएको छ । कतिपय अवस्थामा अनुसन्धान अधिकृतले...

  • २०७६ जेठ ९, बिहिबार

    झापाको बाहुनडाँगीस्थित चिया बगानमा चार हात्ती

    झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका...

  • २०७६ जेठ ९, बिहिबार

    रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

    दार्चुलामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य वस्तुबाट टाढै रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी...

Pages