राष्ट्रिय
-
२०७६ जेठ १०, शुक्रबार
ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिनुभयो...
-
२०७६ जेठ १०, शुक्रबार
बसपार्क नहुँदा समस्या
सडक र बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारी साधनको चाप बढी छ । जिल्लाको सदरमुकामस्थित रुकुमकोटमा पार्किङको व्यवस्था नहँुदा व्यवसायीलाई मात्र होइन सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको छ । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ भइरहेका छन् । जिल्लामा विस्तारै नयाँ बस थपिँदै छन् तर ती बस पार्किङका लागि जिल्लामा एउटा पनि बसपार्क छैन । जिल्ला...
-
२०७६ जेठ १०, शुक्रबार
महन्तलाई थुनामा राख्न आदेश
उच्च अदालत जनकपुरले जनकपुरधामस्थित रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार उच्च अदालतले सो आदेश दिएको हो । यसअघि सरकारी कागज कीर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले उनलाई रु १५ लाखमा धरौटीमा रिहा गरेको थियो । यसैबीच केही महीनाअघि सर्वोच्च अदालतले...
-
२०७६ जेठ १०, शुक्रबार
मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’
के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ रु त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाइकलको तोकिएको विवरण सो एपमा ‘पोष्ट’ गर्न सक्नेछन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाइन सम्पर्क...
-
२०७६ जेठ १०, शुक्रबार
अन्योलमा गणतन्त्र स्तम्भ
देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ । स्तम्भको नक्साको ढाँचा सबै तयार भए पनि बजेटको सुनिश्चित नहुँदा स्तम्भ निर्माण अन्योलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मचाकाजी महर्जनले राससलाई...
-
२०७६ जेठ १०, शुक्रबार
सङ्घीय सरकारसँग स्थानीय तहका माग
जिल्लाका स्थानीय तहहरूले केन्द्र सरकारसँग थुप्रै योजनाका माग गरेका छन् । जिल्लाका सात स्थानीय तहले थुपै्र योजनाका लागि बजेट उपलब्ध गराउन राखेर केन्द्र सरकारलाई अनुरोध गरी पठाएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो । छेडागाड, नलगाड र भेरी नगरपालिका तथा कुशे, जुनिचाँदे बारेकोट र शिवालय गाउँपालिकाले आ–आफ्ना क्षेत्रको खानेपानी, तामा तथा फलाम खानी सञ्चालन, सडक तथा सुरुङ मार्ग...
-
२०७६ जेठ १०, शुक्रबार
मोदीलाई सभापति देउवाको बधाई
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ । देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध...
-
२०७६ जेठ १०, शुक्रबार
वडाध्यक्ष कुटिएपछि स्थानीयको विरोध
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । बिहीबार राति पुनर्वासको डोकेबजार प्रहरी चौकीमा विवाद मिलाउने क्रममा प्रहरीले वडाध्यक्ष तुलसी अर्यालमाथि कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका अर्यालको टाउकोमा चोट लागेको छ । उहाँलाई उपचारका लागि धनगढी लगिएको छ । स्थानीयवासीले वडाध्यक्षमाथि कुटपिट भएपछि डोकेबजार चौकीमाथि...
-
२०७६ जेठ १०, शुक्रबार
मुक्त हलियाका लागि विशेष कार्यक्रम ल्याइने
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकारले मुक्त हलियाका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेश सरकारको ‘आगामी नीति तथा कार्यक्रममा मुक्त हलियाहरुको सवाल सम्बोधन’ अन्तरसंवाद कार्यक्रममा मन्त्री केसीले मुक्त हलियाको हित हुने विशेष कार्यक्रम ल्याउने बताउनुभएको हो । भूमिको स्वामित्व...
-
२०७६ जेठ १०, शुक्रबार
भारतीय तीर्थयात्रीबाट रु आठ लाख राजश्व सङ्कलन
हुम्लामा गत शनिबारबाट कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै वर्षेनी हजाराँै तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्ने गर्दछन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए । शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला...
-
२०७६ जेठ १०, शुक्रबार
छाब्दीखोला दोभानमा घाट निर्माण
ब्यास नगरपालिका वडा नं १ स्थित छाब्दीखोला दोभानमा कलाकार विक्रम परियारको स्मृतिमा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको छ । ब्यास नगरपालिकाका चार वटा वडाको सक्रियतामा विक्रम दाहसंस्कार घाटको निर्माण कार्य थालिएको हो । उक्त घाट निर्माणका लागि ब्यास १ नं वडा कार्यालयले रु छ लाख, ब्यास १३ नं वडाले रु तीन लाख, ब्यास १२ नं वडाले रु दुई लाख ५० हजार र ब्यास १२ नं वडाले रु दुई लाख विनियोजन गरेको...
-
२०७६ जेठ १०, शुक्रबार
धन्यवाद प्रस्ताव सर्वसम्मत पारित
प्रदेश नं ५ को प्रदेशसभाले आज धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हिजो प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट प्रदेश सरकारको आगामी आव २०७६÷७७ को नीति कार्यक्रम प्रस्तुतार्थ भएको सम्बोधनका लागि सभामुख पूर्णबहादुर घर्तीले धन्यवादको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो । सो प्रस्तावको प्रस्तावक प्रदेशसभाका सदस्य भूमिश्वर ढकाल र सर्मथन सहसराम यादवले गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री शङ्कर...


