राष्ट्रिय
-
२०७६ बैशाख २५, बुधबार
गाउँ–गाउँमा कषि सडक, खेतीयोग्य जमीन बाँझै
चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५÷७६ को आवधिक...
-
२०७६ बैशाख २५, बुधबार
विस्थापन हँुदै बाँस निगालाको डोको
तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् । भैँसीको छालाबाट बनेको डोको बोकेर काम गर्न जान्छिन् र बेलुका त्यही डोको लिएर फर्किन्छन् । बाँस निगालाबाट बनेको डोको पाँच÷छ दिन पनि नटिक्ने...
-
२०७६ बैशाख २५, बुधबार
सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन
पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको गोदकदेखि...
-
२०७६ बैशाख २५, बुधबार
अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो
बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुङ्गा प्रयोग गरिरहेको...
-
२०७६ बैशाख २५, बुधबार
आलेख ः बगरमै लटरम्म खरबुजा
कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् । बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले ठूलो जोश र जाँगर छ । त्यही खेतीबाट उनीहरु आज लखपति बनेका छन् । लमही नगरपालिका वडा नं ४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको...
-
२०७६ बैशाख २५, बुधबार
देवघाटमा १६ कुटीको पुनःनिर्माण
विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गर्नुभएको छ । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो । राष्ट्रिय पुनःनिर्माण...
-
२०७६ बैशाख २५, बुधबार
शिक्षक भर्ती सेवा आयोगबाट मात्रै मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र...
-
२०७६ बैशाख २५, बुधबार
बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक
बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो...
-
२०७६ बैशाख २५, बुधबार
कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै
कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो । दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका...
-
२०७६ बैशाख २५, बुधबार
माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर...
-
२०७६ बैशाख २५, बुधबार
चार गाउँमा पानीको सङ्कट
गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाइधुवाइका लागि सधैं पानीको अभाव । खानेपानीसमेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलांखुरी, सानोलंगाउँ, सल्ले फुर्का, खाड लगायतका...
-
२०७६ बैशाख २५, बुधबार
प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल
पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो । नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः ६ र २ प्रतिशत...


