STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २४, मंगलबार

    नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ – अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन गरेको बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको जारी छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले...

  • २०७६ बैशाख २४, मंगलबार

    सुनौला हजार दिनका आमालाई कुखुरा

    जिल्लाको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ । गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न शुरु गरेका छौँ, आमालाई...

  • २०७६ बैशाख २४, मंगलबार

    आयातमा कमी आउँदा लक्ष्य प्रभावित

    भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन नसक्ने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत लक्ष्य हासिल गरी रु दुई अर्ब ९८ करोड ६० लाख ९१ हजार मात्र राजश्व उठाउन...

  • २०७६ बैशाख २४, मंगलबार

    भाइरल ज्वरो सङ्क्रमण सामान्य हुँदै

    जिल्लाको हिमाली गाउँपालिका–५ बँच्छ्या, क्युडी त्यस्तै ६ नं वडाको पाडीमा फैलिएको भाइरल ज्वरोको सङ्क्रमण अहिले सामान्य हँुदै गएको छ । सिङ्गो गाउँ नै प्रभावित हुने गरी फैलिएको सङ्क्रमण दिनप्रतिदिन सामान्य हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । रोगको सङ्क्रमणबाट प्रभावित बिरामी निको हुँदै गएका छन् भने थप व्यक्तिमा सङ्क्रमण नदेखिएको कार्यालय प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । गाउँमा चार...

  • २०७६ बैशाख २४, मंगलबार

    सुनुवाइ भएन चिया श्रमिकको आवाज

    विभिन्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् । माग सुनुवाइ नभएपछि उनीहरु निराश भएका छन् ।    नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि मजदुर आन्दोलनमा उत्रिएका हुन् । श्रमिकको मागलाई निजी चिया कारखानाले सुनुवाइ गरे पनि सरकारी स्वामित्वका चिया कारखानाले भने सुनुवाइ...

  • २०७६ बैशाख २४, मंगलबार

    माछापुच्छ हिमालको पानी अन्नपूर्णमा

    कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई अगाडि बढाएको हो ।    गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा नै एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ । माछापुच्छ हिमालको फेदी मर्दी हिमाल नजिकै को लान्द्रुक बनबाट पानी ल्याउने गरी गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्ने...

  • २०७६ बैशाख २४, मंगलबार

    पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

    ‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आएपनि टिम्बरले काठको सीमितताका कारण समयमै आपूर्ति गर्न सकेको छैन । सम्पदा पुनःनिर्माणका लागि माग भएको...

  • २०७६ बैशाख २३, सोमबार

    दूध र मासु उत्पादन बढ्यो

    सुनसरीमा पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै जिल्लामा दूध, मासु तथा माछाको उत्पादनमा वृद्धि भएको पाइएको छ । जिल्लामा गाईभँैसीको दूध तथा माछामासुको उत्पादनमा वार्षिक रुपमा वृद्धि हुँदै गएको पशुसेवा ज्ञान केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा गाई र भैसी गरी जम्मा ३४ हजार ६८ मेट्रिकटन दूध उत्पादन भएको सुनसरी केन्द्रका डा मनोजकुमार महतोले जानकारी दिनुभयो । गत...

  • २०७६ बैशाख २३, सोमबार

    माटोमा अम्लीयपन बढ्दै

    रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।  माटो बिरुवाको खाद्यतत्वको भण्डार...

  • २०७६ बैशाख २३, सोमबार

    कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

    उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । “युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका...

  • २०७६ बैशाख २३, सोमबार

    गर्मीसँगै आँखा पाक्ने रोग 

    जिल्लामा पछिल्लो समय गर्मी बढैसँगै आँखा पाक्ने रोग फैलिएको छ । शुरु शुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेस्वरी अस्पताल जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीसँगै दूषीत हावापानीका कारण यो रोग सर्छ, दिउँसो घाममा हिड्दा चस्मा प्रयोग गरौँ ।” अस्पतालका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्ने...

  • २०७६ बैशाख २३, सोमबार

    कीराको प्रकोपले किसान चिन्तित

    केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको बर्दियामा गरिएको केराखेतीमा कोत्रे र गबारो कीराको प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन् । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन् । यसवर्ष केरामा कोत्रे, गवारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको बर्दिया केरा उत्पादक सङ्घका अध्यक्ष टोपलाल...

Pages