राष्ट्रिय
-
२०७६ बैशाख २५, बुधबार
हिमालतिर यार्सा टिप्नेको लर्को
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र मुदीका बासिन्दा आधा जीव र आधा वनस्पतिका रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छाडेर हिमालतर्फ उक्लेका छन् । गाउँबाट एक दिनको बाटो हिँडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी, नाउरे, थारखोला, बौरबास, दोथेवासलगायतका...
-
२०७६ बैशाख २५, बुधबार
महागुरु फाल्गुनन्दको शालिक अनावरण
झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो । साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र...
-
२०७६ बैशाख २५, बुधबार
देशलाई स्वच्छ राजनीतिक दिशा दिन्छौँः पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन पनि सबै एक भएर लाग्ने र जागरण अभियान सफल बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “ गलत प्रवृत्तिका...
-
२०७६ बैशाख २५, बुधबार
एक गाउँ एक प्राविधिकलाई उपकरण
गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण...
-
२०७६ बैशाख २४, मंगलबार
पर्यटन प्रवद्र्धनका लागि सात परिपथ बनाइँदै
राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवद्र्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न लागिएको हो । नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई...
-
२०७६ बैशाख २४, मंगलबार
काङ्गे्रस संविधान संशोधनको पक्षमा अडिग रहेको छः उपसभापति निधि
नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताउनुभएको छ । नेपाल पे्रस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने कुनै कार्यक्रम छैन ।” उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रम अश्वासनको पोको...
-
२०७६ बैशाख २४, मंगलबार
कर नबुझाउने करदातामाथि कानूनी कारवाही
आन्तरिक राजश्व कार्यालय लहान सिरहाले लामो समयदेखि कर नबुझाउने करदातामाथि कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार गरी कानूनी कारवाही प्रक्रिया अघि बढाएको आन्तरिक राजश्व कार्यालय लहानका निमित्त प्रमुख कर अधिकृत ललितनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार भ्याटमा दर्ता भएका दुई हजार ३२६ करदाताले लामो समयदेखि कर नबुझाउँदा रु १४ करोड ११ लाख ९...
-
२०७६ बैशाख २४, मंगलबार
फर्निचर उद्योगमा आगलागी हुँदा रू १० लाखको क्षति
दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एक थान काठ चिर्ने उपकरण र दुई थान झ्याललगायत सामग्री जलेर नष्ट...
-
२०७६ बैशाख २४, मंगलबार
गर्मीले जनजीवन कष्टकर
विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टन्टलापुर घाम चर्किदँै जाँदा दिउँसो पख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण हुन थालेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टन्टलापुर घाम लाग्ने र हावा नचल्दा आम नागरिकको दैनिक...
-
२०७६ बैशाख २४, मंगलबार
बाख्रामा पिपिआर रोग विरुद्ध खोप
रामपुर नगरपालिका भित्रका दश हजार बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने काम भइरहेको छ । ‘राष्ट्रिय पिपिआर भ्याक्सिनेशन कार्यक्रम’अन्तर्गत नगरपालिकाभित्र बाख्रामा पिपिआर रोग विरुद्ध खोप लगाउन थालिएको हो । पशुसेवा शाखामार्फत नगरका दशवटै वडामा प्राविधिक खटिएर खोप लगाउने काम भइरहेको शाखा प्रमुख मोहनप्रसाद भट्टराई बताउनुहुन्छ । “महामारीका रुपमा एक बाख्राबाट अर्को बाख्रामा सङ्क्रमण फैलिने भएकाले पिपिआर...
-
२०७६ बैशाख २४, मंगलबार
सिसी क्यामरा जडान गरिने
आपराधिक गतिविधिलाई रोकथाम गर्ने उद्देश्यले पोखरा महानगरपालिकाका थप छ वडामा सिसी क्यामरा जडान गरिने भएको छ । सिसी क्यामरा जडान गरिने क्षेत्रका दृश्य जिल्ला प्रहरी कार्यालयको कक्षबाट अवलोकन गर्न सकिने बताइएको छ । महानगरपालिकाको लेकसाइडलगायत अन्य वडाका कतिपय व्यस्त ठाउँहरुमा सिसी क्यामरा जडान भइसकेका छन् । शान्ति सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाको २६, २७, २९, ३०, ३१ र ३२ वडाका विभिन्न व्यस्त...
-
२०७६ बैशाख २४, मंगलबार
नेपालगञ्जको न्यूरोड ‘ग्रिनबेल्ट’ सौन्दर्यकरणको विवाद
नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी ग्रिन बेल्ट को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो । ठेकेदारले काम गर्दा स्थानीयले काम गर्न नदिएपछि विवाद शुरु भएको हो । सो क्षेत्रका व्यापारी कृष्णप्रसाद श्रेष्ठले...


