STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख १९, बिहिबार

    प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार

    करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ...

  • २०७६ बैशाख १९, बिहिबार

    गुफा संरक्षण गरिँदै

    गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् । गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । सीमा क्षेत्रमा पर्ने हुँदा वडा नंं ९ र ७ ले सँगसँगै गुफामा काम गरिरहेका छन् । दुवै वडा साविक मल्म...

  • २०७६ बैशाख १९, बिहिबार

    घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

    प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ । घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधबारदेखि शुरु भएको ‘प्रथम...

  • २०७६ बैशाख १९, बिहिबार

    परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो ।  उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गर्नुभयो ।  परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा गर्नु भएको चीनको राजकीय भ्रमण समग्रमा...

  • २०७६ बैशाख १९, बिहिबार

    तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

    वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी...

  • २०७६ बैशाख १९, बिहिबार

    विकटका गाउँगाउँमा सडक

    भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पु¥याउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटर बाटो निर्माण भएका गाउँमा...

  • २०७६ बैशाख १९, बिहिबार

    आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

    ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।   सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग...

  • २०७६ बैशाख १९, बिहिबार

    राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो

    प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनु भएको हो । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँले प्रदेशको स्थायी...

  • २०७६ बैशाख १९, बिहिबार

    दुर्घटना न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिनुभयो । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । सप्ताहलाई सफल बनाउन...

  • २०७६ बैशाख १९, बिहिबार

    शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ

    प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले लम्साललाई कञ्चनपुरको...

  • २०७६ बैशाख १९, बिहिबार

    बजेट बनाउन पालिकाले थाले छलफल

    जिल्लाका स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो ।  जिल्लाका सबै पालिकाले पहिलो चरणमा विषयगत समितिमा छलफल गर्ने, योजना तर्जुमा गोष्ठी सञ्चालन गर्ने, सुझाव सङ्कलन गर्ने र आन्तरिक तयारीको काम थालेका हुन् । आगामी वर्षको नीति तथा कार्यक्रम र...

  • २०७६ बैशाख १९, बिहिबार

    विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती ः महासङ्घ

    नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ । विश्व प्रेस स्वतन्त्रताको अवसरमा आज महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश दिँदै संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरिए पनि गत २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी...

Pages