STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २०, शुक्रबार

    जापानिज इन्सेफलाइटिसविरुद्ध खोप

    जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ । मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो । अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा...

  • २०७६ बैशाख २०, शुक्रबार

    जलविद्युत्मा लगानी गर्न बङ्गलादेश तयार

    नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।  नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले...

  • २०७६ बैशाख २०, शुक्रबार

    अब्बल सामुदायिक विद्यालय

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको सङ्ख्या बढेको छ । त्यसमध्ये गौतम पनि एक हुनुहुन्छ ।...

  • २०७६ बैशाख २०, शुक्रबार

    ‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ ।  रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो ।  उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो । मुख्यमन्त्री...

  • २०७६ बैशाख १९, बिहिबार

    रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक

    कर्णालीमा पाइने लोप हँुदै गइरहेको रातो हाब्रे ९रेड पाण्डा० संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् । रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् ।  रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार...

  • २०७६ बैशाख १९, बिहिबार

    ‘राजकुमारी वेनचेङ’ अवलोकन

    परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गर्नुभयो । राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ । यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक...

  • २०७६ बैशाख १९, बिहिबार

    श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास

    श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो । चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो । त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ ।...

  • २०७६ बैशाख १९, बिहिबार

    मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित

    महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीयवासी उत्साहित भएका हुन् । उक्त कार्यालय बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । “अब बर्दिवासमा मेडिकल कलेज बन्छ भन्ने विश्वास...

  • २०७६ बैशाख १९, बिहिबार

    दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण

    जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ ।  पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका क्रस आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण गर्ने लक्ष्य रहेको उक्त...

  • २०७६ बैशाख १९, बिहिबार

    ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

    कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिनुभयो ।   नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र...

  • २०७६ बैशाख १९, बिहिबार

    नीति तथा कार्यक्रम भोलि

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । 

  • २०७६ बैशाख १९, बिहिबार

    प्रधानमन्त्रीबाट नमूना स्मार्ट विद्यालयको थालनी

    प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गर्नुभएको छ । ‘डिजिटल नेपाल ः विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गर्नुभएको हो । गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति...

Pages