राष्ट्रिय
-
२०७६ बैशाख १९, बिहिबार
‘राजकुमारी वेनचेङ’ अवलोकन
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गर्नुभयो । राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ । यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक...
-
२०७६ बैशाख १९, बिहिबार
श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास
श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ । फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो । चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो । त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ ।...
-
२०७६ बैशाख १९, बिहिबार
मेडिकल कलेजको कार्यालय खुलेपछि बर्दिवासवासी उत्साहित
महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय सञ्चालन भएसँगै स्थानीयवासी उत्साहित भएका हुन् । उक्त कार्यालय बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । “अब बर्दिवासमा मेडिकल कलेज बन्छ भन्ने विश्वास...
-
२०७६ बैशाख १८, बुधबार
शैक्षिक संस्थाका जग्गा अतिक्रमण बढ्दै
कैलालीमा शैक्षिक संस्थाको जग्गा अतिक्रमण हुने क्रम बढ्दो छ । रामपुर कृषि विश्वविद्यालयमार्फत् सञ्चालित टीकापुरस्थित कृषि क्याम्पसको जग्गा अतिक्रमण हुन थालेको छ । क्याम्पसले आफ्नो जग्गामा तारबार लगाउने क्रममा केही व्यक्तिले टहरा बनाई अवरोध गरेका छन् । “क्याम्पसलाई जग्गा छुट्याउने बेला दुई घर थिए केही दिनमै दुई घर थपिएका छन्”, वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयका सदस्य सचिव कृतिसिंह बमले...
-
२०७६ बैशाख १८, बुधबार
नारायणी नदीलाई सुन्दर र रमणीय बनाइँदै
ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नारायणी नदीलाई व्यवस्थित गरी सुन्दर र रमणीय बनाइने भएको छ । समग्र नदीको बृहत् गुरुयोजना निर्माण गरी गौरवको आयोजनाको रुपमा यसलाई अगाडि बढाइने भएको हो । प्रदेश नम्बर ३ का सरकारले मदनभण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको संयोजकत्वमा विज्ञको समिति गठन गरी यसै महीनाभित्र प्रतिवेदन पेश गर्ने गरी गुरुयोजना निर्माण गर्ने काम गरिरहेको छ ।...
-
२०७६ बैशाख १८, बुधबार
दुवै मिर्गौलामा समस्या सहयोगको अपेक्षा
झट्ट सुन्दा पनि कहाली लागेर आउँछ, १२ वर्षकै कलिलो उमेरमा कल्पनाका दुवै मिर्गौलामा समस्या आएपछि यतिखेर उहाँका बाबु वीरबहादुर पुन यतिखेर ठूलो चिन्तामा हुनुहुन्छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङ बसी दैनिक मजदुरीबाट जीवनयापन गर्दै आउनुभएका वीरबहादुर र उहाँकी श्रीमती सीतालाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ...
-
२०७६ बैशाख १८, बुधबार
मानव बेचबिखन नियन्त्रणका लागि विद्यमान कानून अपर्याप्त
मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि विद्यमान कानूनमा परिमार्जनको आवश्यकता देखिएको छ । मानव बेचबिखनको बदलिँदो परिस्थितिमा मुलुकमा विद्यमान मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐन २०६४ र मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ एकापसमा बाझिँदा नियन्त्रणमा जटिलता देखिएको हो । पैसाको प्रलोभन तथा डर, धाक, धम्की देखाएर मानव अङ्गको बेचबिखन कार्य हुँदै आएको छ । जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिक दिवसको शुभकामना
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र...
-
२०७६ बैशाख १८, बुधबार
महिला प्रहरी निरीक्षक पाण्डे पुरस्कृत
अपराध नियन्त्रण तथा अनुसन्धान मूल्याङ्कनमा उत्कृष्ट कार्य गर्ने काठमाडौँको प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनाल पुरस्कृत हुनुभएको छ । नेपाल प्रहरीको जिम्मेवारी इमान्दारी र कर्तव्यनिष्ठ भई अपराध नियन्त्रण गर्दै आम जनसमुदायमा प्रहरीको छवि सकारात्मक राख्न सकेको भन्दै निरीक्षक पाण्डेलाई पुरस्कृत गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
-
२०७६ बैशाख १८, बुधबार
परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको स्वामित्व भएको र नेपाली नियोगले सन् २०७५...
-
२०७६ बैशाख १८, बुधबार
नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालन हुन सकेन
लेकम गाउँपलिका–३ लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको झण्डै पाँच महीना पुग्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले अहिले पनि ट्युबमार्फत् खोला तरेर आवतजावत गर्न बाध्य छन् । पुल निर्माणपछि आवतजावतमा सहज होला भन्ने सोचेका स्थानीयवासीले अहिलेसम्म त्यसको प्रयोग गर्न पाएका छैनन् । झोलुङ्गे पुल सञ्चालनका लागि दुवै देशको सहमति...
-
२०७६ बैशाख १८, बुधबार
श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ । १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश विदेशमा रहेका श्रमिकलाई शुभकामना दिँदै उहाँले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुका साथै...


