STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ बैशाख २, सोमबार

    सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु¥याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघि पु¥याएपछि पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । सोमबार बेलुकी ४ः३० बजे रथ तानेर लगन पु¥याइने छ । रथ लगन पु¥...

  • २०७६ बैशाख २, सोमबार

    पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न चिनियाँ टोली आउँदै, दैलेखको पादुका प्राथमिकतामा 

    जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग¥यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । सरकारले सकेसम्म व्यवस्थापन ग¥यो । त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण ।  देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित...

  • २०७६ बैशाख २, सोमबार

    पदमार्ग निर्माण अलपत्र 

    स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ ।  गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महीनादेखि रोकिएको छ ।  साझेदार निकायबीचको असमझदारी, अविश्वास र ढिलासुस्तीका कारण बेनी नगरपालिकाले म्याग्दी...

  • २०७६ बैशाख २, सोमबार

    ‘सशस्त्र प्रहरी मुलुकको शान्तिसुरक्षामा प्रतिबद्ध’

    सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताउनुभयो । “‘समृद्ध नेपाल,...

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा

    चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । “करीब करीब २५÷३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा आन्तरिक...

  • २०७६ बैशाख १, आइतबार

    नगर क्षेत्रमा नै खानेपानीको हाहाकार

    म्याग्दीको बेनी नगरपालिका–६ बाँस्बोटका जनता वर्षौदेखि काकाकुलको नियति भोगेर बाँच्न बाध्य भएका छन् । पशुचौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयवासीले धित मरुञ्जेलसम्म पानी पिउनसमेत पाउँदैनन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि करीब एक घण्टाको दूरीमा रहेको बाँस्बोट गाउँमा पानीको स्रोत नहुँदा मोटरसाइकलबाट पानी बोकेर खान स्थानीयवासी बाध्य भएका छन् । बेनपा–६ का एकपाते, बाँस्बोट,...

  • २०७६ बैशाख १, आइतबार

    तातोपानी कुण्डमा नुहाउनेको भीड

    प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातो पानी स्थित तातोपानी कुण्डमा डुवेर उपचार गराउन आएका विरामीहरुको भीड । मूलबाट नै ६० डिग्री तापक्रमको विरेनुन र गन्धक मिश्रित पानी आउने यो कुण्डमा सात दिनदेखि १० दिनसम्म दैनिक तीन घण्टा डुवेपछि रोगहरु निको हुने विश्वास गरिन्छ ।

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षमा मुख्यमन्त्रीहरुको शुभकामना सन्देश

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै  सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।   प्रदेश नं १ का मुख्यमन्त्री राईले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “नयाँ वर्षको आगमनसँगै मुलुकमा...

  • २०७६ बैशाख १, आइतबार

     ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान 

    नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै हुनुहन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड...

  • २०७६ बैशाख १, आइतबार

    राष्ट्रिय झन्डाको सम्मान गर्दै ¥याली

    राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा ¥याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ । पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको ¥यालीमा...

  • २०७६ बैशाख १, आइतबार

    खर्च हुन नसकेको ६७ करोड १० लाख रकमान्तर

    काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको रु ६७ करोड १० लाख रकमान्तर गरेको छ । गत चैत २४ गते बसेको चौँथो नगर सभाले चालू आवका लागि स्वीकृत बजेटका विभिन्न शिर्षकहरूमा खर्च हुन नसकेको रकम तत्काल खर्च गर्नुपर्ने अन्य शिर्षकमा रकमको। आवश्यकता भएपछि रकमान्तर गरिएको हो । नगरसभाले महानगरको विद्युतीय शासनलाई प्रभावकारी बनाउन जोड दिँदै तथ्याङ्क सङ्कलनका लागि रु ८७ लाख रकमान्तर गरेको छ ।...

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्रता पाउने स् मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताउनुभएको छ । सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताउँदै अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताउनुभयो । उहाँले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून...

Pages