राष्ट्रिय
-
२०७६ बैशाख २, सोमबार
सात वर्षमा पनि बनेन नगरकोट सडक, आन्दोलनको घोषणा
दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्ष्ट्रक्सनले सात वर्षमा पनि निर्माण सम्पन्न नगरी सडकलाई अलपत्र बनाएपछि स्थानीय...
-
२०७६ बैशाख २, सोमबार
नयाँ वर्षसँगै गुराँस उत्सव
यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’...
-
२०७६ बैशाख २, सोमबार
पोखरामा पनि सिरुवा पर्व मनाइयो
नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् । यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर...
-
२०७६ बैशाख २, सोमबार
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनुभएको हो । करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाँले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन...
-
२०७६ बैशाख २, सोमबार
महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गर्नुभयो । सियान नगर सरकार ९सियान म्युनिसिपल गभन्र्मेन्ट्० द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास...
-
२०७६ बैशाख २, सोमबार
बाँकेमा रगतको माग बढ्दो
अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ । बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । साबिकको मध्य तथा...
-
२०७६ बैशाख २, सोमबार
समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष उत्तम सञ्जेललाई गिनिज बुक लण्डनले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो शिक्षालय विश्वकै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ । प्रधानमन्त्री ओलीले रु १००...
-
२०७६ बैशाख २, सोमबार
आलेख ः असिनापानीले गाउँ उजाड
‘दही खानु दैवले लैगो, मही खानु हराई गो ।’ हुन त यो पश्चिमेली लवजको पुरानो गीत हो । तर, यही गीत यहाँका नागरिकका लागि वास्तविकतामा परिणत भएको छ । साठ्ठी वर्षीया खडके वडले आफ्ना व्यथा सुनाउँदै गुनगुनाएको यो गीतले यहाँका नागरिकको कथा र व्यथा समेटेको छ । भित्र्याउने तरखरमा रहेको हिउँदे बाली चैत २२ गते साँझ आएको असिनापानीले सखाप पारेपछि यहाँका नागरिकहरुलाई सहिनसक्नु पीडा भएको छ । चैत २५ गते ती गाउँ...
-
२०७६ बैशाख २, सोमबार
प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘बे्रक थु्र’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको...
-
२०७६ बैशाख २, सोमबार
उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण
उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा उपराष्ट्रपतिले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गर्नुभयो । उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गर्नुभयो ।...
-
२०७६ बैशाख २, सोमबार
फालेलुङमा चौँरी महोत्सव
पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ । चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो ।...
-
२०७६ बैशाख २, सोमबार
लोक संस्कृति संरक्षणमा गाउँपालिका
केआइसिंह गाउँपालिकाले पुराना लोक संस्कृति संरक्षण अभियान थालेको छ । पुराना लोक संस्कृति तथा परम्परा लोप हुन लागेकाले तिनको संरक्षण, प्रवद्र्धन र विकास गर्न वडा नं ५ रानागाउँमा १५ दिने ‘परम्परागत लोक संस्कृति संरक्षण तथा विकास तालीम’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक संस्कृतिका कारण हाम्रा पुराना कला र संस्कृति बिस्तारै हराउन थालेकाले...


