राष्ट्रिय
-
२०७५ चैत्र १९, मंगलबार
आरोही धमाधम हिमालतिर
हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो सङ्ख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण...
-
२०७५ चैत्र १९, मंगलबार
भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण
नुवाकोटका भूकम्प पीडितलाई ग्लोबल आइएमई बैंंकले जिल्लामा पहिलोपटक शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा। चन्द्रबहादुर श्रेष्ठ । उक्त बैंकले पहिलो चरणमा भूकम्प पीडित निजी आवास निर्माण कर्जा, कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशील कर्जा नौ जनालाई वितरण गरेको छ ।
-
२०७५ चैत्र १९, मंगलबार
लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताउनुभयो । आज लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो । यद्यपि गुरुयोजना पूरा...
-
२०७५ चैत्र १९, मंगलबार
चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा...
-
२०७५ चैत्र १९, मंगलबार
बससेवा निःशुल्क
जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीकृत बृहत् घुम्ती शिविर सञ्चालन गरिने बताउनुभयो । यही चैत २० गते गृहमन्त्री...
-
२०७५ चैत्र १९, मंगलबार
चियाको पहिलो यामको उत्पादन उत्साहजनक
दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग अत्यन्तै बढी हुन्छ । गतवर्ष चिया उत्पादनमा विभिन्न समस्या झेल्दै आएका किसानले...
-
२०७५ चैत्र १९, मंगलबार
चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नगरपालिकाको रु २५ लाखको लागतमा कालोपत्रे गरिएको सडक मापदण्ड अनुरुप बने नबनेको चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली । सडक मापदण्ड अनुरुप बनेको नपाईए पछि टोलीले भुक्तानी घटाउने निर्णय गरेको छ ।
-
२०७५ चैत्र १९, मंगलबार
न्यायिक समिति स् मेलमिलापबाट मुद्दाको छिनोफानो
स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् । मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका...
-
२०७५ चैत्र १९, मंगलबार
प्रदेश सरकारद्वारा एक करोड राहत
प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक...
-
२०७५ चैत्र १९, मंगलबार
झापाका २२ बालबालिकामा अटिज्म
झापाका २२ बालबालिकामा अटिज्मको समस्या देखिएको छ । अटिज्म केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो । अटिज्म केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिज्म भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिज्मका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भन्नुभयो, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै...
-
२०७५ चैत्र १९, मंगलबार
जोखिम मोलेरै गुजारा चलाउँदै
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटस्थित भूकम्पले जीर्ण बनाएको घरमा सामान राखेर जसोतसो गुजारा चलाउँदै स्थानीय बासिन्दा । सरकारले जोखिमयुक्त घर ९संरचनहरु० अनिवार्य भत्काउनुपर्ने नीति नल्याएका कारण कतिपय स्थानीय बासिन्दाहरुले यस्तै घरमा बस्ने र अन्न भण्डारणदेखि सामग्री राख्ने गर्दै आइरहेको छन् ।
-
२०७५ चैत्र १९, मंगलबार
जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन सकारात्मक प्रभावको अपेक्षा
चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ । नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन,...


