STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र १७, आइतबार

    नेपालगञ्ज नाकाबाट भारतीय पशु आयात ठप्प

    नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ । पशु क्वारेन्टाइन गर्दा पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहका प्रमुख शितलबाबु श्रेष्ठले बताउनुभयो । ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात...

  • २०७५ चैत्र १७, आइतबार

    चिटको भरमा २२ हजारसवारी चालक

    सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल ९स्मार्ट० लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज ९चिट० बोकेर हिँड्न बाध्य छन् । तयारीबिना पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट लाइसेन्स शुरु गरेपछि नवीकरण गरेका र...

  • २०७५ चैत्र १७, आइतबार

    जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

    जिल्ला प्रशासन कार्यालय पर्वतले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दाहरु महत्वका साथ उठिरहेको बेला जिल्ला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो । पछिल्लो समय कार्यालयमा...

  • २०७५ चैत्र १७, आइतबार

    सोमबारदेखि मौसम सफा हुने

    पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी...

  • २०७५ चैत्र १७, आइतबार

    रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा

    पोखरा महानगरपालिका–८ न्यूरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुग्नुभयो । उहाँले हालसम्म ६५ पटक रक्तदान गरिसक्नुभएको छ । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका उहाँले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आउनुभएको छ । रगत दान गरेपछि मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस...

  • २०७५ चैत्र १७, आइतबार

    सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

    कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् । क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर...

  • २०७५ चैत्र १७, आइतबार

    प्रधानमन्त्री ओली झापा–मोरङ भ्रमणमा

    प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले दमक...

  • २०७५ चैत्र १७, आइतबार

    राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलसमेत निर्माण अलपत्र पर्नु र यसबाहेक नागरिकता, जग्गाधनी पुर्जा, शिक्षा, स्वास्थ्य, बिजुलीबत्तीलगायत चौतर्फी समस्या समयमै हल गर्न राज्य पक्षले बेवास्ता गर्दै आएको सुस्तावासीले गुनासो गरेका छन् ।...

  • २०७५ चैत्र १७, आइतबार

    नेपाल दक्षिण एशियाको उदाउँदो तारा मन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको...

  • २०७५ चैत्र १७, आइतबार

    बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

    पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको...

  • २०७५ चैत्र १७, आइतबार

    प्रेसलाई नियन्त्रण होइन नियमन मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक...

  • २०७५ चैत्र १७, आइतबार

    संस्थागत र क्षमतागत विकासमा लाग्न आग्रह

    पत्रकारिता क्षेत्रको इतिहासलाई सम्झँदै संस्थागत र क्षमतागत विकासका लागि लाग्नुपर्ने सरोकारवाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पूर्वअध्यक्ष सम्मान एवं संस्थागत विकासको सवाल विषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई...

Pages