राष्ट्रिय
-
२०७५ फाल्गुण २३, बिहिबार
धरहरा पुनःनिर्माणको कामले गति लियो
–शर्मिला पाठक एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम...
-
२०७५ फाल्गुण २३, बिहिबार
डिजिटल नेपाल’ अभियानलाई तीव्रता दिइने
एकद्वार प्रणालीबाट छिटो र छरितो ढङ्गबाट काम सम्पन्न गर्नका लागि नेपाललाई जतिसक्दो चाँडो ‘डिजिटल नेपाल’ को रुपमा विकास गर्न प्राविधिकहरुले सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘नेपाल सरकारको डिजिटल नेपाल परिकल्पना’ विषयक अन्तक्र्रियामा विश्व बैंकका प्रतिनिधिले नेपालमा सुशासन कायम गर्नका लागि पनि पूर्णरुपमा डिजिटलमैत्री नेपाल बनाउनुपर्नेमा जोड दिनुभयो । विश्व...
-
२०७५ फाल्गुण २३, बिहिबार
एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा सात महिला सम्मानित
चेम्बर अफ कमर्श पोखराले विभिन्न क्षेत्रका सात महिलालाई सम्मान गरेको छ । एक सय नवौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा पोखरा चेम्बरले पर्यटनबाट इन्दिरा बराल, शिक्षाबाट उमा लामिछाने, सहकारीबाट कमलादेवी गिरी, उद्यमशीलताबाट राजकुमारी पन्थी, सञ्चारबाट नरमाया रसाइली, कलाकारिताबाट मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्णु कुँवरलाई सम्मान गरेको थियो । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक...
-
२०७५ फाल्गुण २२, बुधबार
चौधरीलाई जन्मकैदको फैसाला गरेपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिए
सरकारलाई दिएको समर्थन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फिर्ता लिएको छ । कैलाली जिल्ला अदालतले आफ्ना पार्टीका नेता रेशम चौधरीलाई जन्मकैदको फैसाला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो ।
-
२०७५ फाल्गुण २२, बुधबार
‘प्रदेशसभा सदस्यको घरमा जबर्जस्ती छापा मार्नु निन्दनीय’
प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा मारेर सशङ्कीत बनाउने काम गरेको आरोप लगाए । बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमालले गए राति प्रदेशसभा सदस्य चौधरीको...
-
२०७५ फाल्गुण २२, बुधबार
युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो । तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ । सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले...
-
२०७५ फाल्गुण २२, बुधबार
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक छलफल भइरहेकाले शुरु गर्न अझै केही समय लाग्ने बताउनुभयो । केही समयअघि मात्रै कामपाले तत्काल दुई स्थान...
-
२०७५ फाल्गुण २२, बुधबार
गल्तीहरुको मनोविज्ञान
हामी अब सिद्धान्तहरुको बदला एक प्रमाणिका तरिकाले आफ्नो कुराकानी सुरु गर्दछौँ । यसको लागि हामी केही यस्ता घट्नाहरु दिन्छौ जो धेरै घटिरहेका हुन्छन्, जसलाई हामी सधैं देख्दछौ र विश्वास पनि गर्दछौ र यस्ता घटनाहरु कुनै रोगका कारण हुँदैनन् किनकि प्रत्येक्ष स्वस्थ मान्छेमा ती समस्याहरु देखिन्छन् । मेरो मतलब ती गल्तीहरुसँग सम्बन्धित छन्, जो प्रत्येक मान्छेले अनुभूत गर्छ र केही भन्न चाहन्छ तर गलत शब्द...
-
२०७५ फाल्गुण २१, मंगलबार
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको...
-
२०७५ फाल्गुण २१, मंगलबार
होलीमा भन्दा हिले जात्रा यौनत्तैजक
गाउँ घरमा कामको साथै मनोरञ्जन हुने गरी रोपाई गर्ने प्रथा नै रोपाई जात्रा हो, जसलाई हिले जात्रा पनि भनिन्छ । यो पनि होलीकै एक रुप मान्न सकिन्छ । सो रोपाई जात्रामा बेठी लगाउने पनि गरिन्छ । बेठी भनेको नौमती बाजाको सुर र तालमा गीत गाउँदै नाच्दै धान रोप्ने चलन हो । घुँडामाथि साडी सुर्केर (हिजोआज हाफ पाइण्ट नै लगाएर) धान राप्ने तरुणी रोपाहारहरु कोही त्यही नौमतीको सुर र तालमा गाउँदै नाच्दै रोपाई गर्ने...
-
२०७५ फाल्गुण २१, मंगलबार
प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे बाट भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा सहयोग
साँखु, प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् । प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो । सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् । सो संस्थामा...
-
२०७५ फाल्गुण २१, मंगलबार
‘व्यवहारतः सिण्डिकेट कायमै’
सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे ।...


