राष्ट्रिय
-
२०७५ फाल्गुण २०, सोमबार
महाशिवरात्रि शिवालयमा दर्शनार्थीको भीड
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विशेषतः वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् । आज विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव,...
-
२०७५ फाल्गुण २०, सोमबार
रानीपोखरी पुनःनिर्माण शुरु
ऐतिहासिक रानीपोखरीे पुनःनिर्माण शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु गरिएको जानकारी दिनुभयो । परम्परागत शैली र प्रविधि मै निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा उक्त पोखरी पुनःनिर्माण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, “रानीपोखरी पुनःनिर्माण शुरु गरिएको छ, त्यसका लागि सबैको सहयोग र साथ रहने...
-
२०७५ फाल्गुण २०, सोमबार
पर्याप्त ग्यास आयात, हल्लाको पछाडि नलाग : निगम
मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो । इण्डियन आयल...
-
२०७५ फाल्गुण २०, सोमबार
पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे दर्शन
महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही दर्शनार्थी पशुपतिमा पनि दर्शनका लागि आएकाले भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले...
-
२०७५ फाल्गुण १९, आइतबार
मैथिली विकास कोषद्वारा मैथिली भाषा–साहित्यको संरक्षणमा जोड
मैथिली भाषाप्रति अपनत्व बोध गरेमा मानक सम्बन्धमा विद्यमान द्विविधाको अन्त्य हुन सकिने धारणा विज्ञले व्यक्त गर्नुभएको छ । मैथिली विकास कोषद्वारा आज यहाँ आयोजित ‘मैथिली भाषा–साहित्य संरक्षणमा चुनौती र निदान’ विषयक विमर्श कार्यक्रममा उहाँहरूले परस्परमा बोलिने र अभिव्यक्ति गरिनेमा बोधगम्यता छ भने भाषाप्रति द्विविधाको कुनै प्रश्नै आउँदैन भन्नुभयो । मैथिली बोलिरहेको अवस्थामा पनि कुन भाषा बोलिरहेको छु,...
-
२०७५ फाल्गुण १९, आइतबार
सेना दिवसमा शस्त्राभ्यास हुँदै
–नारायण न्यौपाने सोमबार महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी...
-
२०७५ फाल्गुण १९, आइतबार
फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट
सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर...
-
२०७५ फाल्गुण १९, आइतबार
तीन दिनसम्म तेस्रो विश्व नेवाः सम्मेलन हुने
वर्ल्ड नेवाः अर्गनाइजेशन (विश्व नेवाः दबू) को तेस्रो सम्मेलन आउँदो चिल्लागा अस्तमिदेखि दसमि (चैत्र १४ गतेदेखि १६ गते) सम्म काठमाडौंमा भव्य रुपमा आयोजना गरिने भएको छ । फागुन १८ गते शनिबार नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो विश्व नेवाः दबू सम्मेलन आयोजक संस्थाको आयोजनामा भएको पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिइएको हो । हुनलागेको विश्व नेवाः दबूको तेस्रो सम्मेलनमा १० भन्दा बढी...
-
२०७५ फाल्गुण १८, शनिबार
शुरु भएन गुम्बाको पुनःनिर्माण
भूकम्प गएको करीब चार वर्ष हुनलाग्दासमेत काभ्रेपलाञ्चोकमा भूकम्पले क्षति पु¥याएका गुम्बाको पुनःनिर्माणको काम शुरु हुन सकेको छैन । विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँमा रहेको रिओताला गुम्बाको अवस्था अहिले पनि उस्तै छ । भूकम्पले चर्केको भवन र देवताका मूर्ति अझै पुनःनिर्माण गर्न नसकेको गुम्बाका सानु लामाले बताउनुभयो ।...
-
२०७५ फाल्गुण १८, शनिबार
राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी
राष्ट्रपति भण्डारीद्वारा नेता भरतमोहन अधिकारीको स्वास्थ्यबारे जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारी अस्पताल पुगेर अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी...
-
२०७५ फाल्गुण १७, शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीरवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो ।...
-
२०७५ फाल्गुण १७, शुक्रबार
मन्त्री अधिकारीको अन्त्येष्टि पोखराको रामघाटमा हुने
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो । मन्त्री बस्नेतका अनुसार नेता...


