राष्ट्रिय
-
२०७५ फाल्गुण १७, शुक्रबार
शनिबारदेखि पुनः वर्षा दोहोरिने
गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का...
-
२०७५ फाल्गुण १७, शुक्रबार
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । बिहीबार अचानक अस्वस्थ भएपछि उहाँ उपचारार्थ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । उहाँका स्वकीय सचिव दुर्गा चापागाईंका अनुसार मन्त्री पुनको स्वास्थ्यमा सुधार आएकाले शनिबार बिहानसम्म घर फिर्ता पठाइनेछ । उहाँको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न हुनुहुन्छ । मन्त्री पुन अस्पताल भर्ना हुनभएको खबर...
-
२०७५ फाल्गुण १६, बिहिबार
हेलिकप्टर दुर्घटना प्रकरणः शव परीक्षणका लागि काठमाडौँ पठाइने
सुकेटार, दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले...
-
२०७५ फाल्गुण १६, बिहिबार
राष्ट्रिय शोकको कारण प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले...
-
२०७५ फाल्गुण १६, बिहिबार
बुढेसकालमा मुग्लानकै भर
शेरबहादुर सिंह भीमदत्तनगर, निधारमा रातो टीका, पिठ्युँमा झोला र मलिन अनुहार लिएर दुई दिनअघि पश्चिमी नाका गड्डाचौकीबाट मजदुरीका लागि भारत जाँदै गरेका ५८ वर्षीय वृद्ध मनोरथ प्याकुरेल चार दशक परिश्रम गर्न घर बाहिर नै रहनुभयो । कैलालीको लम्कीचुहा नगरपालिका–१ का प्याकुरेल विसं २०३६ मा मजदुरीका लागि पहिलो पटक भारत जानुभयो । विपन्नताले च्यापेपछि कलिलो उमेरमै भारतका विभिन्न शहरमा मजदुरीमा होमिनुभएका...
-
२०७५ फाल्गुण १६, बिहिबार
अधिकारीको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने गण्डकीका सबै जिल्लामा शोकसभा
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका...
-
२०७५ फाल्गुण १६, बिहिबार
रवीन्द्र स्मृति उद्यान नामकरण
पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५...
-
२०७५ फाल्गुण १६, बिहिबार
श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित
टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकोले लि विहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
-
२०७५ फाल्गुण १६, बिहिबार
बालक बेपत्ता हुने क्रम वृद्धि
सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए । लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो । लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको उनको पारिवारिक स्रोतले...
-
२०७५ फाल्गुण १६, बिहिबार
‘खादा’ भनेको के हो ?
खाः हिउँ , ताक – चिन्ह अर्थात लगाउने खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो । यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ । यो बिशेषतः ३ कार्यमा...
-
२०७५ फाल्गुण १५, बुधबार
हिमपातले मर्न थाले चौँरी
महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । जिल्लामा रहेका चाँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी...
-
२०७५ फाल्गुण १५, बुधबार
‘मेची–महाकाली अभियान सरकारविरुद्ध होइन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब...


