STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०७८ आषाढ १२, शनिबार

    आनन्दकुटी विद्यापीठको निःशुल्क शिक्षा दिने

    कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लाई ध्यानमा राखेर आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने योजना अगाडि ल्याएको छ ।  आर्थिक सामाजिक रुपमा चुनौति सामना गरी रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरुले गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भनी यो ब्यवस्था गरेको विद्यापीठले जनाएको छ । गुणस्तरीय शिक्षामा प्रतिबद्ध विद्यापीठले कक्षा १ देखि ९ सम्म १२० जना विद्यार्थी...

  • २०७८ आषाढ १०, बिहिबार

    कक्षा ११ र १२ लाई अब नि:शुल्क पाठ्यपुस्तक

    काठमाडौं - सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको पाठ्यपुस्तक...

  • २०७८ आषाढ ९, बुधबार

    रोकिएका त्रिवि स्नातकको परीक्षा साउन पहिलो हप्ताबाट

    त्रिभुवन विश्वविद्यालयले स्थगित भएका स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक पुस्पराज जोशीले बाहिर हल्ला भएजस्तो परीक्षा तालिका भने सार्वजनिक भइनसकेको बताए । उनका अनुसार बोर्ड यसबारेमा छलफलको क्रममै छ ।'हामीले साउन ५ र १० गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेका हौँ,' जोशीले भने...

  • २०७८ आषाढ ५, शनिबार

    साउनबाट कक्षा १२ को पढाइ सुरु हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को पढाइ सुरु गर्नुपर्छ । सोहीअनुरूप असारभित्रै अन्तिम मूल्याङ्कन गर्न बोर्डले विद्यालयहरूलाई भनेको हो । ‘हामीले गत साल कार्यविधि बनाएर कक्षा ११ को अन्तिम नतिजा असारभित्रै...

  • २०७८ आषाढ १, मंगलबार

    नयाँ शैक्षिक सत्र आजदेखि, वैकल्पिक माध्यममार्फत पठनपाठन हुने

    काठमाडौं - नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदैछ । कोरोना भाइरसको जोखिमका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र सुरु हुने लागेको हो । कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो । कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश,...

  • २०७८ जेठ ३१, सोमबार

    एसइईको नतिजा साउन दोस्रो साता

    भक्तपुर - माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको...

  • २०७८ जेठ २९, शनिबार

    त्रिवि स्नातकोत्तर तहको भर्ना अनलाइनबाटै

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि बढाउन लागिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले यसै साता स्नातकोत्तर तहमा नयाँ भर्ना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि...

  • २०७८ जेठ २४, सोमबार

    नयाँ शैक्षिक सत्र असार १ बाटै

    काठमाडौं - भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि...

  • २०७८ जेठ १८, मंगलबार

    यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै

    काठमाडौं - सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो एसईई आउनै लाग्दा के गर्ने भन्ने अन्योल थियो । कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना...

  • २०७८ जेठ १४, शुक्रबार

    एसईई र १२ को वैकल्पिक परीक्षा लिन कार्यदलको सुझाव

    काठमाडौं - कक्षा १० (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो । कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । अब...

  • २०७८ जेठ ११, मंगलबार

    रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको आग्रह

    त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका वा हुन नसकेका परीक्षाहरु वैकल्पिक विधिबाट लिन सम्बन्धित सबैमा आग्रह गरेको छ। विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले सोमबार विज्ञप्ति निकालेर कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिवेशमा शैक्षिक गतिविधिमा असर नपार्नका लागि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन अनुरोध गरेका हुन्। उनले विज्ञप्तिमा...

  • २०७८ जेठ ४, मंगलबार

    उपयुक्त समयमा परीक्षा लिने गरी स्नातक दोस्रो वर्षको अनलाइन कक्षा सुरु

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन...

Pages