STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षा

  • २०७७ फाल्गुण २८, शुक्रबार

    ‘येँ देय् म्हसीके’ अर्थात् काठमाडौं चिनौं पाठ्यपुस्तकको विमोचन सम्पन्न

    काठमाडौँ महानगर क्षेत्र भित्रका विद्यालयमा अब १ देखि ८ सम्म १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन काठमाडौं महानगरपालिकाले आधारभूत  तहको स्थानीय पाठ्यपुस्तक तथा पाठ्यक्रम ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौं) को विमोचन भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले...

  • २०७७ फाल्गुण २७, बिहिबार

    नेपालभाषाको पाठय्रक्रम सार्वजनिक हुने

    काठमाडौं -स्थानीय भाषा अन्तर्गत काठमाडाैं महानगरपालिकाका सामुदायिक विद्यालयहरुमा पढाइ हुन लागेकाे नेपालभाषाकाे पाठ्यक्रम सार्वजनिक हुने भएको छ । काठमाडौ महानगरपलिकाले शनिबार राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयाेजना गरी साे पाठ्यक्रम सार्वजनिक गर्ने भएकाे छ । ‘येँ देय् म्हसिके’ नाम दिइएको साे पाठ्यक्रम स्थानीय भाषा पढाउने महानगरको नीतिअनुरुप तयार भएको हो । आधारभुत तहमा कक्षा एकदेखि ८ सम्म स्थानीय...

  • २०७७ फाल्गुण २५, मंगलबार

    एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म, १२ काे परीक्षा जेठ २६ देखि

    काठमाडौँ - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि र १२ कक्षाकाे परीक्षा जेठ २६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै...

  • २०७७ फाल्गुण २२, शनिबार

    त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

    काठमाडौँ – परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ...

  • २०७७ फाल्गुण १७, सोमबार

    महानगरपालिकाद्वारा नेपालभाषा शिक्षण तालिम शुरु

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले यसै वर्षदेखि शुरु गर्न लागेको स्थानीय पाठ्यक्रम पठनपाठनको लागि ‘नेपालभाषा प्रशिक्षण सहायक प्रशिक्षक तालिम’ को उद्घाटन गर्नुभयो । कामपा २२ वडास्थित नेपाल आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त तालिम तीन दिनसम्म चल्नेछ । तालिम कामपा शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबू नेपालमण्डलको संयोजनमा सञ्चालन गरिएको हो ।   उद्घाटन...

  • २०७७ फाल्गुण ९, आइतबार

    त्रिभुवन विश्वविद्यालयमा छ सय संख्यामा जागिर खुल्याे

    काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ । आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन खुलाएको हो । १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरिएको छ । सबै खुलातर्फ हुन् । गणित, अंग्रेजी, अर्थशास्त्र, प्राणीशास्त्र, व्यवस्थापन, राजनीतिशास्त्र, क्लिनिकल...

  • २०७७ फाल्गुण ३, सोमबार

    सरकारका तीन वर्ष : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

    काठमाडौँ – कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।  सो अवधिमा आधारभूत तह (कक्षा १–८) को विद्यार्थी खूद भर्नादर ९२.३ प्रतिशतबाट वृद्धि भई ९३.४ प्रतिशत पुगेको छ भने माध्यमिक तह (कक्षा ९–१२) को खूद भर्नादर ४३.९ प्रतिशतवाट ४७.६ प्रतिशत पुगेको छ । छ वर्षमाथिको साक्षरता दर ७८ प्रतिशतबाट ८५ प्रतिशत पुगेको छ...

  • २०७७ माघ २८, बुधबार

    दुई शैक्षिक सत्र असारदेखि, एसईई जेठमा

    काठमाडाैं – विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिक सत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो । नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा...

  • २०७७ माघ २७, मंगलबार

    यस वर्ष एसईई परीक्षा विद्यालयले लिन नपाउने

    काठमाडौँ – यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो । २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा...

  • २०७७ माघ १७, शनिबार

    ११ र १२ कक्षालाई पनि अब गणित अनिवार्य

    काठमाडाैँ - कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई...

  • २०७७ माघ १३, मंगलबार

    विज्ञान, प्रविधिको प्रबर्द्धनका लागि सामुदायिक विद्यालयहरुलाई काठमाडौँ महानगरपालिकाे सहयोग

    काठमाडौँ महानगरपालिकाले  महानगरपालिका क्षेत्र भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रबर्द्धनका  लागि आविष्कार (स्टीम क्लब)  कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।   विद्यार्थीमा विज्ञान...

  • २०७७ माघ ७, बुधबार

    केयू उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त

    काठमाडौँ – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपति पदमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति रामकण्ठ माकाजू, पूर्वरजिस्ट्रार भोला थापा र र प्राध्यापक...

Pages