शिक्षा
-
२०७८ बैशाख २७, सोमबार
एसईई र कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले परीक्षा नचलाउ भनेको छ, कोरोना भाइरस बढ्दै गइरहेका कारण नियन्त्रणमा...
-
२०७८ बैशाख १२, आइतबार
पूर्वनिर्धारित सबै परीक्षा स्थगित
काठमाडौं - सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाइएको छ । सीसीएमसीका संयाेजक खगराज बरालले आज एक विज्ञप्ती जारी गर्दै अर्काे आदेश जारी नभएसम्मका लागि पूर्व निर्धारित सबै परीक्षाहरु स्थगित गर्ने निर्णय भएकाे जनाएकाे छ ।...
-
२०७८ बैशाख १२, आइतबार
सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो ।
-
२०७८ बैशाख ८, बुधबार
भर्चुअल माध्यमबाट कक्षा लिन त्रिविको निर्देशन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएका हुन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय र कलेजलाई अनलाइन वा वैकल्पिक...
-
२०७८ बैशाख ६, सोमबार
नेपालभाषा प्रशिक्षण सहायकको तालिमले शिक्षकको मनोबल बढाउँदै
काठमाडौं - काठमाडौं महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि)हरु अहिले प्रशिक्षणमा जुटिरहेका छन्। येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरुको महानगरभित्रका ६ वटा विद्यालयमा प्रशिक्षण तालिम संचालन भइरहेको छ। तालिमका क्रममा स्यनामिहरुलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मक रुपमा अध्यापन कसरी गराउने...
-
२०७८ बैशाख ४, शनिबार
वैशाखभर विद्यालय बन्द गर्न सिफारिस
काठमाडौं - कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । विद्यालय बन्द गर्ने या नगर्ने निर्णय भने अब मन्त्रिपरिषद् वैठकले लिनेछ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय तत्कालका लागि बन्द गर्न सिफारिस गरेको हो । यसअघि स्वास्थ्य मन्त्रालयले देशका विभिन्न १४...
-
२०७८ बैशाख ४, शनिबार
अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न–गराउन काठमाडौँ महानगरपालिकाको अपील
कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन काठमाडौँ महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ । त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ भने त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क...
-
२०७७ चैत्र ३१, मंगलबार
एक महिना विद्यालय बन्द गर्न मन्त्रालयकाे सिफारिस
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको...
-
२०७७ चैत्र २९, आइतबार
तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव
काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको छ । नेपालमा युके भेरियन्टको कोरोना संक्रमण फैलिने खोजिम बढेको भन्दै सीसीएमसीले ३ साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ठूला शहरी क्षेत्रमा नयाँ भेरिन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै अनलाइन माध्यमबाट कक्षा संचालन गर्न...
-
२०७७ चैत्र १६, सोमबार
बौद्धिक चोरी गर्ने सात प्राध्यापक कारबाहीमा
काठमाडाैं - त्रिभुवन विश्वविद्यालयले बौद्धिक चोरी गरेको ठहर गर्दै सातजना प्राध्यापकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्ले त्रिविबाट अवकाशप्राप्त प्राध्यापक डा. पर्शुराम मिश्रसहित सात जनालाई दुई वर्षसम्म कक्षा सञ्चालनमा रोक लगाएर कारबाही गरेको हो । ‘उहाँहरूले प्रकाशित गरेका अनुसन्धान लेखहरूमा अनधिकृत रूपमा साभार गरेको पाइएकाले कारबाही गरिएको हो’, शिक्षाध्यक्ष डा. शिवलाल भुसालले भने, ‘...
-
२०७७ चैत्र १६, सोमबार
वायु प्रदूषण बढेपछि शुक्रबारसम्म विद्यालय बन्द हुने
काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषण बढेपछि देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको...
-
२०७७ चैत्र १२, बिहिबार
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन
काठमाडौँ - कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप...


