सिनेमा
-
२०७६ मङ्सिर ३, मंगलबार
मयुर नाच संरक्षणमा नगरपालिका
जिल्लाको भेरी नगरपालिका मयुर नाच संरक्षणमा जुटेको छ । परम्परागत संस्कृतिको जर्गेना गर्न नगरपालिका संरक्षणमा जुटेको हो । पुरानो संस्कृतिले जिल्लाको परम्परागत संस्कृतिलाई बचाउन सहयोग गर्ने भन्दै नगरपालिकाले मयुर नाच संरक्षणमा जुट्ने प्रत्येक समूहलाई रु ५० हजारका दरले प्रोत्साहनस्वरुप सहयोग गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछाडि मयुरको जस्तो प्वाँख, हातमा लट्ठी...
-
२०७६ मङ्सिर ३, मंगलबार
खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम
यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो । सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले...
-
२०७६ मङ्सिर १, आइतबार
नवीन कलाश्री पुरस्कार वरिष्ठ कलाकार मानन्धरलाई
नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गर्नुभएको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले विसं २०७६ को सो...
-
२०७६ कार्तिक २८, बिहिबार
आर्यम नकर्मिको सनाखत चलचित्रमा मदन कृष्ण श्रेष्ठ
नेपालभाषका विख्यात कथाकार लक्ष्मण राजंवशीको कथमा आधारित एउटा चलचित्र बन्ने भएको छ । ए.एन. इन्टरटेन्मेन्ट को प्रस्तुतीमा रहेको सो नेपाली कथानक चलचित्र सनाखत एउठा समाजिक वियोगान्त कथा हो । यस चलचित्रको पटकथा तथा संम्वाद आर्यम नकःमिले लेख्नु भएको छ । आर्यम नकःमि यस चलचित्रका निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो चलचित्र नेवार भाषा र नेपाली भाषामा तयार गरिने छ । यस चलचित्रको मुख्य भुमिकामा नेपालका...
-
२०७६ कार्तिक २६, मंगलबार
रङ्गीन जादू
“ओइ ऊ त्यहाँ हेर् त कति राम्रो हाम्रो घुम्ती बजार”, एकले भने । “हो त नि है, हेर न ऊ त्यो कालिकास्थान पनि आम्मा।।म्मा गणेश हिमाल त झन् ठ्याक्कै मिलेको”, अर्को रौसिँदै बोले । “यसमा हेर् न यसमा, त्यही तलको बोर्डिङ स्कूल होइन रु, लौ म पनि रैछु त यहाँ”, तेस्रोले भन्यो ।” रसुवाको कालिका गाउँपालिका–२ स्थित कालिकास्थानमा आफ्नै परिवेश फरक माहोलमा हेरेर दङ्ग बने बालबालिका । वृद्धवृद्धा, तरुण युवाहरु पनि...
-
२०७६ कार्तिक २१, बिहिबार
लोप हुँदै गन्धर्वको पेशा
‘दुःखीलाई आएन काल ः बाँचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो । शरीरमा पहिले झैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उहाँको रुचि घटेको छैन् । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई...
-
२०७६ कार्तिक २०, बुधबार
कात्तिक नाचअन्तर्गत युद्धकला मञ्चन हुँदै
सबैभन्दा लामो नाट्य महोत्सवअन्तर्गत ३७९ वर्ष पुरानो ललितपुरको ऐतिहासिक कात्तिक नाचको आज छैटौँ दिन युद्धकला नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अबधिभर कात्तिक नाच हुने गर्छ । आज आयोजना हुने पहिलो चरणको नाटकमा उषा हरण र माधवानल लीलासम्बन्धी युद्धकला देखाइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । उहाँले...
-
२०७६ कार्तिक १९, मंगलबार
‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै
साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु...
-
२०७६ कार्तिक १९, मंगलबार
१९७४ एडी कन्सर्ट कीर्तिपुरमा ः कीर्तिपुरका डिएसपी कामतीद्वारा पूर्ण रुपमा सुरक्षा दिने प्रतिबद्धता
सांगितिक क्षेत्रमा सक्रिय भइरहेको कीर्तिपुरको कीर्ति इभेन्टसले कार्तिक २३ गते शनिबार दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका १० वडास्थित नयाँबजार खेलकुद मैदानमा नेपालको सर्वाधिक चर्चित ब्याण्ड १९७४ एडीको कन्सर्ट कार्यक्रमको आयोजना गरेको छ । साथै उक्त कन्सर्टमा सर्वाधिक चर्चित ब्याण्ड कुतुम्बले १९७४ एडी ब्याण्डसंग संयुक्त रुपमा सांगितिक प्रस्तुति पनि हुनेछ भने चर्चित गायक रोहित जोन क्षेत्रीले १९७४ एडीको...
-
२०७६ कार्तिक १८, सोमबार
इलाममा ‘घरजम’
सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ । लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिनुभयो । जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उहाँले बताउनुभयो । हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी...
-
२०७६ कार्तिक १७, आइतबार
पर्यटन वर्षलाई लक्षित गर्दै महामहोत्सव
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीमा राष्ट्र निर्माण महामहोत्सवको आयोजना गरिने भएको छ । महामहोत्सव पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही कात्तिक २१ गतेदेखि शुरु हुनलागेको हो । पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि गाउँपालिकालगायत जिल्लाभरिका धार्मिक पर्यटकीय तथा प्राकृतिक रमणीय स्थानहरुको प्रचार–प्रसार गरी यी ठाउँहरुलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिएको पञ्चेश्वर...
-
२०७६ कार्तिक १७, आइतबार
विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन
अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणको टप ५ मनोनयन सार्बजनिक भएको छ । हिजो अर्थात कार्तिक १६ गते एक समारोहका बीच गीत संगीतका बिशिष्ट ब्याक्तित्त्वहरु तथा अन्य धेरै कलाकार र कलाप्रेमी हरुको उपस्थितिमा उक्त मनोनयन सार्बजनिक गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसन को आयोजनामा राजधानी काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको...



