STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ भाद्र ३, मंगलबार

    निखिल उप्रेती फिल्म बनाउन भारततिर प्रस्थान

    एक्शन स्टारका रुपमा एक समयका चर्चित अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट 'आचार्य'को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त जानकारी अनुसार अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै उनकी श्रीमती निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत...

  • २०८२ श्रावण ३०, शुक्रबार

    नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास कार्यक्रम हुने

    नेपाल र सिक्किमबीच नेपाली चलचित्रको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि सहकार्यलाई थप मजबुत बनाउने कुरा नेपाल सरकारको चलचित्र विकास बोर्डले अगाडि ल्याएको छ । सो कुरा बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागतार्थ आयोजित कार्यक्रममा घोषणा गरेको हो । उक्त स्वागत कार्यक्रममा दुवै बोर्डबीच आगामी दिनमा सहकार्यका विभिन्न...

  • २०८२ श्रावण २२, बिहिबार

    हरिवंश आचार्यको 'हरिबहादुरको जुत्ता' को नयाँ पोष्टर

    यो बर्षको प्रतिक्षित चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ पोष्टर हालै सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा चलचित्रका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ। पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का  रहेका छन्। सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ। पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा देखिएका छन्। प्रकाश केहि...

  • २०८२ श्रावण २२, बिहिबार

    कीर्तिपुर सिनेप्लेक्समा अर्को नयाँ हल

    कीर्तिपुर/नेपाल राष्ट्रभर मनोरञ्जनात्मक सिनेमा भवनमध्ये टप १० मा पर्नसफल सिनेमा भवन कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्सले फेरि अब अर्को एक नयाँ हलको निर्माण कार्य सम्पन्न गरेको छ ।  सिनेप्लेक्स स्रोतका अनुसार हाल सजावटका कार्य भइरहेको र यही श्रावण महिनाको अन्तिम साता वा भाद्र महिनाको पहिलो हप्ता नयाँ हलको उद्घाटन हुने जानकारी दिइएको छ । जानकारी अनुसार कीर्तिपुर सिनेप्लेक्सको नयाँ हलमा...

  • २०८२ श्रावण २०, मंगलबार

    कलाकार संघद्वारा चलचित्र विकास बोर्ड तथा सेन्सर बोर्ड सदस्यलाई बधाई कार्यक्रम

    काठमाडौँ। नेपाल चलचित्र कलाकार संघले हालै नियुक्त भएका चलचित्र विकास बोर्डका सदस्य तथा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरूलाई आज एक औपचारिक समारोह मार्फत बधाई तथा सम्मान प्रदान गरेको छ।  संघले उक्त समारोहमा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी तथा चलचित्र जाँच समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर राज गिरी र भीमा मैनालीलाई सम्मानित गरेको छ ।...

  • २०८२ श्रावण १९, सोमबार

    इनडोर फिल्म स्टुडियो ‘सिनेपा: ' निर्माणको लागि बोलपत्र आह्वान

    चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगाल, काभ्रेपलाञ्चोकमा निर्माण गर्न लागिएको अत्याधुनिक इनडोर फिल्म स्टुडियो ‘सिनेपा: को लागि दोस्रो फेजको निर्माणको लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेश गर्न आह्वान गरिएको हो। बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का...

  • २०८२ श्रावण १७, शनिबार

    राजेश हमाललाई कलाकार संघको मानार्थ सदस्यता

    चलचित्र कलाकारहरुको एक मात्र छाता संगठन नेपाल चलचित्र कलाकार संघले  बिशिष्ट चलचित्रकर्मी अभिनेता राजेश हमाललाई मानार्थ सदस्यताको परिचय पत्र प्रदान गरेको छ । नेपाल चलचित्र कलाकार संघले विधानमा व्यवस्था भए अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त व्यक्तित्वहरुलाई प्रदान गरिने मानार्थ सदस्यता विशिष्ट चलचित्रकर्मी तथा लोकप्रिय अभिनेता श्री राजेश हमाललाई प्रदान गरेको हो। शुक्रबार आयोजित...

  • २०८२ श्रावण ६, मंगलबार

    आशिष्मा नकःमिले जितिन् लाखे आजुबाट स्कटल्याण्डमा अवार्ड

    आदिवासी जनजाति चलचित्रको ईतिहासमा बेलायतको शहर स्कटल्याण्डको राजधानी, एडम्बरामा सम्पन्न Nepal Indigenous Film Festival - NIFF 2025 मा  नेपालभाषाको चलचित्र  " लाखे आजु "बाट आशिष्मा नकःमिले बेस्ट एक्ट्रेसको अवार्ड जित्न सफल भएकि छन् ।    बेलायतमा पहिलो पटक बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता तथा एडिनबराका संसद सदस्य  फेजल चौधरीको बिशेष आतिथ्यतामा मा नेपाल...

  • २०८२ श्रावण ५, सोमबार

    चर्चित सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले दिए ६० वटा स्कृप्ट

    नेपाली चलचित्र उद्योगका प्रख्यात सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले सोमबार चलचित्र विकास बोर्डलाई एकैपटक आफुले काम गरेका ६० वटा चलचित्रहरूका  पटकथा (स्क्रिप्ट) औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।  यस अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुरुषोत्तम प्रधानको यो योगदानलाई "नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार" भनेर सम्मान गरे। उनले भने, "...

  • २०८२ श्रावण ४, आइतबार

    चलचित्र विकास बोर्डले गरे आर्थिक सहयोग

    नेपाल सरकार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याकारी कोष सञ्चालक समितिले नेपालका केही कलाकर्मिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिको मिति २०८२।०३।२७ मा गरिएको निर्णयअनुसार, चलचित्रकर्मीहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत केही चलचित्रकर्मी तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । जस अनुसार विशिष्ट नृत्य गुरु भैरव बहादुर थापालाई नगद रु. १,००,...

  • २०८२ आषाढ ३०, सोमबार

    गालय् वन लाई राष्ट्रिय पुरस्कार

    विजय बराल र उपासना सिंह ठकुरी  सर्वोत्कृष्ट ठहर  नेपाल सरकार चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कर–२०८१ समारोहमा नेपालभाषाको चलचित्र " गालय् वन " सर्वोत्कृष्ट अादिवासी चलचित्र पुरस्कार जित्न सफल भएको छ ।    सोमवार राष्ट्रपति भवनमा सम्पन्न पुरस्कार समारोहमा गालय् वन लाई सम्माननीय राष्ट्रपति राम चन्द्र पौडेलबाट यो पुरस्कार प्रदान गरिएको हो । बोर्डका अध्यक्ष दिनेश डिसि सभापति...

  • २०८२ आषाढ २६, बिहिबार

    माधव खरेलको ‘चिट्ठी’ भदौ २० बाट

    " दुर्गामाण्डौं " नामक बहु प्रशंसित एवम् पुरस्कृत चलचित्र का  लेखक तथा निर्देशक माधवराज खरेलद्वारा निर्देशित नयाँ चलचित्र ‘चिट्ठी’ आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्रको सञ्चारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रीब्युशनले लिएको छ । केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शन गरिएको यस चलचित्रप्रति...

Pages