STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८२ फाल्गुण ५, मंगलबार

    तीन किलो चाँदीसहित एक जना पक्राउ

    काठमाडौँ, चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा  गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ ।   चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल...

  • २०८२ माघ २३, शुक्रबार

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी, जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।  बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट  बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय...

  • २०८२ माघ २१, बुधबार

    बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

    ढोरपाटन , २१ माघः बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो ।आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठूलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको जिल्ला...

  • २०८२ माघ १३, मंगलबार

    नागढुङ्गाबाट चाँदीसहित एक जना पक्राउ

    काठमाडौँ, नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका– १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा...

  • २०८२ माघ १३, मंगलबार

    अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन

    सिरहा, यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक...

  • २०८२ पौष २४, बिहिबार

    जर्सिपौवा पिकनिक गएर फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना, २२ घाइते

    काठमाडौँ - जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा साँझ दुर्घटना भएको छ।  बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको हो। बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।  दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जर्सिपौवा पिकनिकबाट...

  • २०८२ कार्तिक १७, सोमबार

    दोलखाको यलुङ रि हिमालमा हिमपहिरो जादाँ ३ को मृत्यु, ८ जना बेपत्ता

    काठमाडौं - दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् । नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।

  • २०८२ कार्तिक १२, बुधबार

    सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा झडप

    काठमाडौं - बिरामीको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो । उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको...

  • २०८२ भाद्र २८, शनिबार

    जेल फर्किन रवि लामिछानेसहितका कैदीबन्दीलाई ताकेता

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन नख्खु कारागार ललितपुरले सूचना जारी गरेको छ । रास्वपा सभापति लामिछानेको हकमा पनि सोही सूचना लागू हुने जानकारी कारागार स्रोतले जनाएको छ । नख्खु कारागारबाट जेन–जी आन्दोलनका क्रममा १ हजार २ सय ८० कैदीबन्दी फरार भएका थिए । यद्यपि लामिछानेले आफू कारागारबाट निस्किन नचाहँदा नचाहँदै पनि भीड बढेपछि...

  • २०८२ भाद्र २६, बिहिबार

    काठमाडौं तीनकुनेमा दुई जना मृत फेला

    काठमाडौं - काठमाडौंको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर...

  • २०८२ भाद्र २५, बुधबार

    डिल्लीबजार कारागार आगजनी गरेर, बाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

    काठमाडौं । डिल्लीबजारस्थित कारागारबाट निस्किएका कैदीबन्दीलाई नेपाली सेनाले घेरा हालेको छ। बिहानभरि रिहा हुन माग गर्दै हुलदंगा गरेपछि उनीहरु कारागारबाहिर निस्किएका थिए।  तर सेनाले उनीहरुलाई गेटैमा रोकेको हो। मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित नख्खु कारागारबाट कैदी छुटेपछि अन्यत्र कारागारमा रहेका कैदीहरुले समेत रिहाइको माग गरिरहेका हुन्।   विभिन्न जिल्लामा थुनामा रहेका धेरैजसो कैदी भागेका छन्। 

  • २०८२ भाद्र २५, बुधबार

    राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई सेनाले समात्यो

    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो । पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

Pages