उपत्यकामा अब 'लुज निषेधाज्ञा'
Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ६, आइतबार
सरकारले काठमाडौं उपत्यकामा लुज निषेधाज्ञा लगाउने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ ५ बजे बस्ने बैठकमार्फत लुज निषेधाज्ञा जारी गर्ने तयारी भएको छ ।
‘अब अलिकति व्यवस्थित, अलिकति लुज निषेधाज्ञा हुन्छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘एक साता थप गर्ने सम्भावना छ ।’
कोभिड–१९ निर्देशक समितिले भने ‘स्मार्ट लकडाउन’को मोडालिटिमा जाने निर्णय गरिसकेको छ ।
‘तीनवटै जिल्लाका प्रमुखहरूसँग छलफल गरेर नै स्मार्ट लकडाउनको मोडालिटी ल्याएको हो,’ समितिका सदस्य कृष्णहरि पुष्करले भने, ‘मान्छेको स्वास्थ्य र सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक र सामाजिक जीवनलाई चलायमान बनाउँदै जाने भन्ने हो ।’
अघिल्लो निषेधाज्ञादेखि नै यही मोडालिटी सुरु गरिएको उनको भनाइ छ । गत १६ वैशाखदेखि जारी निषेधाज्ञा भोलि सोमबार सकिँदै छ ।
कोरोनाको चेन ब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको हो । एकैपकट निषेधाज्ञा खोल्दा संक्रमण फेरि फैलिने जोखिम भएकाले चरणचरणमा खुकुलो बनाउँदै लैजाने मोडालिटी सरकारले अपनाएको छ ।
Categorized in उपत्यका

