STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्तागठबन्धन नै अगाडि रहने दावी गर्ने कल्पना धमला

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ मङ्सिर १, बिहिबार

काठमाडौं २१ वडा स्थित लगन टोलमा लोकतान्त्रिक वामगठबन्धन बिशाल सभा सम्पन्न भएको छ । सो सभामा काठमाडौं क्षेत्र  ९का प्रदेश सभा सदस्य (क) का उम्मेदवार नानू बास्तोलाले आफु  बिजयी  भएमा प्रदेश बजेटबाट २१ वडाले हाल भोग्दै आइरहेको पानीको समस्या र बाटो को समस्या समाधानलाई पहिलो प्राथमिकताकासाथमा अघि बढ्न र साँस्कृतिक र पर्यटन  क्षेत्रको   बिकास गर्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्नु भयो   । 

आगामी निर्वाचनमा प्रतिनिधि सभा  सदस्य उम्मेदवार रहनु भएका लोकतान्त्रिक बामगठबन्धन काठमाडौं ९ का कल्पना धमलाले काठमाडौं ९ मा विद्यमान खानेपानीको समस्यालाई काठमाडौ ९ रहेको पानीको स्रोतबाट नै समाधान गर्न अध्ययन गरिसकेको र  मेलम्चीको खानेपानीको विकल्पको रुपमा काठमाडौं ९ मा उपलब्ध पानी को स्रोत लाई उपयोगमा ल्याउने बताउनु भयो । 

यसपाली काठमाडौं ९ कोलागि प्रतिनिधि सभा र प्रदेश सभा दुबै मा लोकतान्त्रिक वामगठबन्धनले महिलामा उम्मेदवार लाई बिश्वास गरेको छ भने महिलामा इच्छा आत्मबल बलियो हुने भएकोले यसपाली चुनाव जिते भने भोट दिने जनतालाई निरासा हुन नदिने र काठमाडौं ९ का जनताको शिर उच्च हुने गरि काठमाडौंको साँस्कृतिक क्षेत्रलाई बिकास गरि पर्यटन व्यवसायको बिकास गरि युवा लाई रोजगारको ब्यबस्थापन गर्ने कोशिश गरिने साथमा गठबन्धन का प्रतिपक्षले जनताको मेहनत र बलिदानले प्राप्त संविधान लाई खतरा छ भने लोकतान्त्रिक बामगठबन्धनले नेपालको संविधानको रक्षा गर्ने छ भन्दै काठमाडौंका जनताले सम्पुर्ण लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार लाई अत्याधिक भोट दिइ विजयी गराइदिनु हुन काठमाडौं ९ कोलागि प्रतिनिधि सभा उम्मेदवार कल्पना धमलाले अनुराेध गर्नु भयो ।

Categorized in राजनीति