STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २९, मंगलबार

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आगामी असार १० गते इरान जाने भएका छन्। ‘एसियन कोअपरेसन डाइलग’को परराष्ट्रमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन उनी इरान जान लागेका हुन्।

डाइलगमा ३५ देश सदस्य छन्। सम्मेलनका क्रममा श्रेष्ठले चिनियाँ र भारतीय समकक्षीसँग पनि भेटवार्ता गर्नेछन्। यसअघि उपप्रधानमन्त्री श्रेष्ठले चीन भ्रमण गरिसकेका छन्।

नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ। डाइलगले एसियाको गरीबी घटाउन र एसियाली जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग र सहकार्य गर्दै आएको छ।

एसिया भित्रको व्यापार र वित्तीय बजार विस्तार गरी विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धा बढाउन तथा विश्वसँग समानताका आधारमा अन्तरक्रिया गर्न र पारस्परिक शान्ति र समृद्धिमा थप सकारात्मक योगदान दिन डाइलगले पहल गर्दै आएको छ।

Categorized in राष्ट्रिय