अन्तर्राष्ट्रिय
-
२०७५ फाल्गुण २०, सोमबार
अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु
अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो । जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन...
-
२०७५ फाल्गुण १९, आइतबार
चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक
बेइजिङ, चीन, अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ ।...
-
२०७५ फाल्गुण १८, शनिबार
पेरूमा ७.० म्याग्निच्युडको भूकम्प
पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।...
-
२०७५ फाल्गुण १५, बुधबार
भारत पाकिस्तान विभाजन पछिका महत्त्वपूर्ण घटनाक्रम
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव। हाल भारत र पाकिस्तानमाझ पुनस् चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस...
-
२०७५ फाल्गुण १५, बुधबार
दुई भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी दाबी
पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत...
-
२०७५ फाल्गुण १४, मंगलबार
पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण
भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान...
-
२०७५ फाल्गुण १४, मंगलबार
पाकिस्तान लडाकु समूह जैश ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण
भारत पाकिस्तान द्वन्द्वस् लडाकु समूह जैश ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण भारतले भारत(पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ। भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश(ए(मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको छ। यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेका तर पाकिस्तानी...
-
२०७५ फाल्गुण १२, आइतबार
आसाममा विषाक्त मदिरा सेवनबाट एक सयभन्दा बढीको मृत्यु , करिब २०० विरामी
आसाम, भारत, एएफपीःभारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको...
-
२०७५ फाल्गुण १२, आइतबार
‘डब्ल्यू एन ओ’को तेस्रो सम्मेलनको निम्ति बृहत छलफल
वर्ल्ड नेवाः अर्गनाइजेशन (WNO)को तेस्रो सम्मेलन भव्यताकासाथ सम्पन्न गर्नको निम्ति शनिबार ललितपुरको कुपण्डोलस्थित साटोआकी भवनमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो । उक्त छलफल कार्यक्रममा नेपालभाषाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अर्गनाइजेशनको नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनको अध्यक्षतामा उक्त छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा नेपाल संवत् ११३९ चिल्लागा...
-
२०७५ फाल्गुण १०, शुक्रबार
पाकिस्तानमा अविरल वर्षाबाट २८ को मृत्यु
पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणीपश्चिमी प्रान्त बलुचिस्तानममा मुख्यमन्त्री जामभ कमाल खानले सञ्चारमाध्यमलाई सो प्रान्तमा अविरल वर्षापछि आएको बाढीका...
-
२०७५ फाल्गुण ८, बुधबार
मेयरमा उम्मेदवारी दिन सभामुखबाट राजीनामा
टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उहाँले राजीनामा दिनुभएको संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ । “मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “विभिन्न क्षेत्रका हाम्रा...
-
२०७५ फाल्गुण ६, सोमबार
काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु
भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण...


