अन्तर्राष्ट्रिय
-
२०७५ फाल्गुण ६, सोमबार
उत्तर र दक्षिण अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु
अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ । सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा...
-
२०७५ फाल्गुण ५, आइतबार
अफगानिस्तान झडप, २४ घण्टामा ५० को मृत्यु
अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले...
-
२०७५ फाल्गुण ४, शनिबार
ट्रम्प—किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा
एएफपी अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ । शिखर बैठक तय भई तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुको चीन भ्रमणलाई निकै महत्व...
-
२०७५ फाल्गुण ३, शुक्रबार
काश्मिरमा आक्रमण ३७ को मृत्यु
भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो । श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो । यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा परी...
-
२०७५ फाल्गुण २, बिहिबार
श्रीलङ्कामा मृत्युदण्डस् वधिक पदका लागि उच्च नैतिकता भएका उम्मेदवारको खोजी
श्रीलङ्कामा सरकारले मृत्युदण्ड दिन दुईवटा पदका लागि विज्ञापन गरेको छ। उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ। ती पदहरू पद लागुपदार्थ तस्करी रोक्ने अभियानअन्तर्गत छन्। राज्यद्वारा प्रकाशित पत्रिका डेली न्यूजमा छापिएको विज्ञापनमा वधिक पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ झन्डै २०३ अमेरिकी डलर पारिश्रमिक पाउनेछन्। श्रीलङ्कामा वैधानिक रूपमै मृत्युदण्ड दिने व्यवस्था छ, तर सन्...
-
२०७५ फाल्गुण १, बुधबार
हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा
संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् । भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो...
-
२०७५ कार्तिक १६, शुक्रबार
अमेरिकामा विद्युतीय कुर्चीमा राखेर मृत्युदण्ड
सिकागो, दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसर््की रहेका छन् । जागोसर्कीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पु¥याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको...
-
२०७५ कार्तिक १४, बुधबार
प्रधानमन्त्रीद्वारा अनौपचारिक रूपमा काम थालनी
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राम्ररी सुत्नुभएको छ, राम्ररी खानुभएको छ, आरामका लागि मात्र हामीले केही दिन...
-
२०७५ कार्तिक १४, बुधबार
काबुल कारागारनजिक आत्मघाती आक्रमण
काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताउनुभयो । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले आक्रमणकारी सडकमा पैदल हिँडिरहेका...
-
२०७५ कार्तिक १३, मंगलबार
न्यूजिल्यान्डमा भूकम्प
वेलिङ्टन, १३ कात्तिक न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए । अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६।१ म्याग्नीच्यूडको रहेको जनाएको छ ।...
-
२०७५ कार्तिक १३, मंगलबार
मेरिकामा मृत्युदण्ड
वासिङ्टन,अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या...
-
२०७५ श्रावण ३१, बिहिबार
अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहा
ह्यारिसबर्ग, अमेरिका, ३० साउन (रासस/एपी) ः एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत...


