अन्तर्राष्ट्रिय
-
२०७९ श्रावण १९, बिहिबार
मस्क संसारकै सबैभन्दा धनी व्यक्ति
एजेन्सी- टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् । एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ । गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर...
-
२०७९ श्रावण १७, मंगलबार
अल कायदाका सर्वाेच्च नेता अमेरिकी कारवाहीमा मारिए
काठमाडौँ - अल कायदाका सर्वोच्च नेता अयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलको एक घरमा लुकेर बसिरहेको अवस्थामा अमेरिकाले ड्रोनबाट मिसाइल प्रहार गरेर मारेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको मृत्यु भएको बताएका छन् । बाइडेनका अनुसार अलकायदाका नेता जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको हो । यसअघि २००१ सेप्टेम्बर ११ मा...
-
२०७९ श्रावण ६, शुक्रबार
श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त
एजेन्सी- श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले...
-
२०७९ श्रावण ५, बिहिबार
भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित
एजेन्सी - भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित भएकी छन् । विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई हराएर एनडीएकी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितको लागि बधाई दिएका छन् । भारतको राष्ट्रपति चयनका लागि इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत आवश्यक हून्छ । कुनै पनि उम्मेदवारलाई जित्न ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो चरणमा...
-
२०७९ श्रावण ५, बिहिबार
श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित
एजेन्सी- श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् ।बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे १३४ मतका सात नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा...
-
२०७९ श्रावण ३, मंगलबार
श्रीलङ्कामा नयाँ राष्ट्रपतिको लागि भोलि मतदान
एजेन्सी - श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयनको लागि मनोनयन दर्ता हुँदै छ भने नयाँ राष्ट्रपति चयनका लागि भोलि बुधबार संसदमा मतदान हुनेछ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न मनोनयन दर्ता हुन लागेको हो । आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल...
-
२०७९ आषाढ ३२, शनिबार
सुडानको जातीय दङ्गामा ३१ जनाको मृत्यु
एजेन्सी - सुडानमा भएको जातीय दङ्गामा शुक्रबार कम्तिमा ३१ जनाको ज्यान गएको छ । देशको ब्लु नाइल प्रदेशको केही स्थानमा जातीय दङ्गा भएको हो । ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका सुरक्षा समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको छ । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ...
-
२०७९ आषाढ ३१, शुक्रबार
श्रीलंकाका राष्ट्रपति राजापाक्षले दिए राजीनामा
एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिएका छन्। देशमा प्रदर्शन चर्काउँदै आन्दोलनकारी जनताहरु राष्ट्रपति भवन छिरेपछि देश छोडेका राजापाक्ष माल्दिभ्स हुँदै बिहीबार सिंगापुर पुगेका छन्। देश छोड्दा उनले राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिएका थिए। बिहीबार साँझ सिंगापुर पुगेका राष्ट्रपति राजापाक्षले इमेलमार्फत श्रीलंकाली संसदका सभामुख महिन्दा...
-
२०७९ आषाढ २९, बुधबार
श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा
काठमाडौं - श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् । मंगलबार राति राष्ट्रपति राजापक्ष...
-
२०७९ आषाढ २८, मंगलबार
जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार
काठमाडौं - जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए । जापानको नारा शहरमा...
-
२०७९ आषाढ २७, सोमबार
अमेरिकामा फेरि गाेलीकाण्ड, तीनजना मारिए
एजेन्सी - अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने...
-
२०७९ आषाढ २६, आइतबार
श्रीलंकाका राष्ट्रपति राजपक्षले बुधबार राजीनामा दिने
एजेन्सी - श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षले राजीनामा दिने भएका छन् । प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजपक्षले राजीनामा दिने घाेषणा गरेका हुन् । राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघि नै राजीनामा दिन सहमत भएका छन्। महिनौँदेखि भइरहेका शान्तिपूर्ण प्रदर्शनहरूपछि शनिवार राजधानीमा प्रदर्शनकारीहरू एकत्रित...


