अन्तर्राष्ट्रिय
-
२०७८ चैत्र ११, शुक्रबार
रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै
एजेन्सी - रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै गएका छन् । युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता जनाएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका विरुद्ध उनीहरू एकताबद्ध भएको बताए । ब्रसल्समा ती सम्मेलनहरूमा ३०...
-
२०७८ चैत्र ४, शुक्रबार
जापानमा ७.३ रेक्टरस्केलको भूकम्प
काठमाडौं- जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जापानस्थित मौसम विज्ञान एजन्सीका अनुसार फुकुसिमामा मंगलबार राति साढे ११ बजे ७.३ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। मियागी र फुकुसिमा क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो। राष्ट्रिय प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण २० लाख बढी मानिस बिजुलीबाट प्रभावित भएका छन्। जापानको...
-
२०७८ फाल्गुण २६, बिहिबार
पञ्जावमा आम आदमी पार्टीको ऐतिहासिक जित, भगवन्त मुख्यमन्त्री बन्दै
एजेन्सी - भारतमा बुधबार पाँचवटा राज्यको विधानसभा मतपरिणाम आउँदा आम आदमी पार्टी (आप) ले पञ्जावमा ऐतिहासिक जित हासिल गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टी आपले पहिलो पटक दिल्लीबाट बाहिर कुनै राज्यमा सरकार बनाउन लागेको हो । भारतमा क्षेत्रीय दल क्षेत्रीयस्तरमै बलिया छन् । तर, ती दलहरूको सरकार एक राज्यबाट दुई राज्यमा छैन । तर, केजरिवालको आपले भने यो रेकर्ड तोडेको छ । अब उसको शासन...
-
२०७८ फाल्गुण २१, शनिबार
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
एजेन्सी - युक्रेनमाथि आक्रमण गरेको दसौँ दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो । युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको रुसले जनाएको छ । युक्रेन र रुसका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खुला गरिने सहमति...
-
२०७८ फाल्गुण २१, शनिबार
फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भने
एजेन्सी - युक्रेनमाथि रुसले आक्रमण गरेपछि बढ्दो तनावका बीच फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न आग्रह गरेको छ । युक्रेनमाथि रुसी आक्रमण बढ्दै जाँदा फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भनेको हो । बीबीसीका अनुसार फ्रान्स सरकारले जुन नागरिकका लागि रुसमा रहनु जरुरी छैन उनीहरूले रुस छाडून् भनेको छ । समाचारमा जनाइएअनुसार अरु देशले पनि यस प्रकारको 'ट्राभल एड्भाइजरी' जारी गरेका छन् । ब्रिटेनको विदेश...
-
२०७८ फाल्गुण १९, बिहिबार
रसियाका ९ हजार सैनिक मारिएको युक्रेनको दावी
एजेन्सी - रसियाका ९ हजार सैनिक मारिएको युक्रेनले दावी गरेको छ। युद्धमा दुवै देशले सैनिक मारेको दावी गर्दै आएका छन्। बुधबार रसियाको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ४९८ सैनिक मारिएको र १५९८ जना घाइते भएको जनाएको थियो। सैनिकतर्फको क्षतिमा युक्रेन र रसियाले फरक फरक तथ्यांक सार्वजनिक गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु र ५२५ जना घाइते भएका छन्।...
-
२०७८ फाल्गुण १७, मंगलबार
शान्तिवार्ताबीच रुसी-युक्रेन युद्ध चर्कियाे
एजेन्सी - शान्तिवार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी सेनाबीच लडाइँ चर्केको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राजधानी किएभमा खतराको साइरन फेरि बजेका छन् । सर्वसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । युक्रेनी सैनिकले रुसी सैनिकलाई प्रमुख शहरमा रोक्ने प्रयास गरिरहेका छन्...
-
२०७८ फाल्गुण १४, शनिबार
दिल्लीमा लगाइएका सबै प्रतिबन्ध सोमबारदेखि हट्ने
एजेन्सी - कोरोनाका कारण दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने भएका छन् । कोरोनाको संक्रमण दर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध दुई महिनापछि हटाउन लागिएको हो । आगामी सोमबारबाट दिल्ली पूर्ण रूपमा प्रतिबन्ध रहित हुनेछ । मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा...
-
२०७८ फाल्गुण १२, बिहिबार
रुसले तीनतर्फबाट आक्रमण गर्याे : युक्रेन
रुसले युक्रेनमा तीनतर्फबाट आक्रमण गरेको युक्रेनी अधिकारीहरूले जनाएका छन् । देशको पूर्व, उत्तर र दक्षिणबाट रुसीले सेनाले आक्रमण गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहाकारले बताएको समाचार एजेन्सी एपीले जनाएको छ । एपीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमेयर जिलेनेस्कीका सल्लाहाकार मिखाइलो पोडोलिकले रुसी सेनाले ‘तीनफर्तबाट हार्ड अट्याक’ गरेको बताएका छन् । उनले युक्रेनी सेनाले त्यसको प्रतिवाद गरिरहेको...
-
२०७८ माघ २३, आइतबार
भारतीय गायिका लता मंगेशकर रहेनन्
माघ २३, एजेन्सी - चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए । यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा...
-
२०७८ माघ १०, सोमबार
युरोपमा कोरोना महामारी 'अन्त्यतर्फ'
माघ १०, एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टले कोभिड–१९ को महामारीलाई नयाँ चरणमा पुर्याएको र अब छिटै नै युरोपमा यो महामारी अन्त्य हुन सक्ने विश्वास व्यक्त गरेको छ। डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगले युरोप एक किसिमले यो महामारीको अन्त्यको दिशातर्फ उन्मुख भएको बताएका हुन्। एएफपीलाई दिएको अन्तवार्तामा उनले आगामी मार्चसम्म युरोपमा ६० प्रतिशत मानिस कोरोना संक्रमित...
-
२०७८ माघ ९, आइतबार
अफगानिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु
९ माघ, एजेन्सी - अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । एउटा भ्यानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बम विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन । अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।


