STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८० कार्तिक १, बुधबार

    गाजा सहरको अस्पतालमा विस्फोट, ५०० जनाको मृत्यु

    काठमाडाैँ - युद्धग्रस्त गाजा सहरको एक अस्पतालमा शक्तिशाली विस्फोटन हुँदा कम्तीमा पनि ५०० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा ५०० जनाको मृत्यु र कैयौँ घाइते भएका छन् । यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इजरायली सरकार र प्यालेस्टाइनी विद्रोही समूह समासले उक्त अस्पतालमा भएको ठूलो विस्फोटका लागि एक–अर्कालाई दोष दिइरहेका छन् । प्यालेस्टिनी चरमपन्थी समूह...

  • २०८० आश्विन २२, सोमबार

    इजरायल घटना : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

    काठमाडौं— इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले पनि सातदेखि ८ स्थानमा इजरायलभित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक...

  • २०८० आश्विन २१, आइतबार

    इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

     इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी...

  • २०८० आश्विन २१, आइतबार

    अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

    अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६।३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ । सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा...

  • २०८० आश्विन १२, शुक्रबार

    पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु

    एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्यूजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका...

  • २०८० भाद्र २७, बुधबार

    मोरक्को भूकम्पमा दुई हजार नौ सयभन्दा बढीको मृत्यु

      एजेन्सी - मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका...

  • २०८० भाद्र २५, सोमबार

    जी–२० शिखर सम्मेलन सम्पन्न

    एजेन्सी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार जी–२० शिखर सम्मेलनको समापनको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख फोरममा गरिएका सुझावहरू र प्रस्तावहरूको समीक्षा गर्न नोभेम्बरमा भर्चुअल बैठकको आयोजना गर्ने प्रस्ताव गरेका छन् । ‘जसरी तपाई सबैलाई थाहा छ नोभेम्बर २०२३ सम्म जी–२० अध्यक्षको जिम्मेवारी भारतसँग छ। यी दुई दिनमा, तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्तावहरू...

  • २०८० भाद्र २१, बिहिबार

    रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

    एजेन्सी - पूर्वी युक्रेनको एक बजारमा रुसले आक्रमण गर्दा १६ जनाको मृत्यु भएको छ। अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ती बजारमा व्यस्त रहेको बजारमा भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्। प्रधानमन्त्री डेनिस श्मीगलले...

  • २०८० भाद्र २१, बिहिबार

    चिनियाँ सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

    काठमाडौँ - चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार...

  • २०८० भाद्र ७, बिहिबार

    रुसकाे निजी सैन्य समूह ‘वाग्नर’का प्रमुखको विमान दुर्घटनामा मृत्यु

    एजेन्सी - रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैको तेवेर क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो । उनीसहित १० जनाको पनि दुर्घटानामा निधन भएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान...

  • २०८० श्रावण २३, मंगलबार

    प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा एक सय सतचालिस जनाको मृत्यु

    अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क सिएनएन ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान...

  • २०८० श्रावण १९, शुक्रबार

    राहुल गान्धीको सजायमा अन्तरिम रोक

    एजेन्सी - मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ । शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको छ । यसअघि, गुजरात उच्च अदालतले मोदी उपनामको विषयमा गान्धीले गरेको टिप्पणीलाई लिएर तल्लो अदालतले तोकेको सजाय रोक्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गान्धीलाई किन अधिकतम सजाय दिइयो ? भन्दै प्रश्न समेत...

Pages