अन्तर्राष्ट्रिय
-
२०७८ माघ ७, शुक्रबार
भारतमा एकैदिन थपिए ३ लाख ४७ हजार बढी संक्रमित
७ माघ, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै ३० हजारले बढेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ। यससँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ। मन्त्रालयका अनुसार...
-
२०७८ माघ ६, बिहिबार
भारतमा एकैदिन तीन लाख बढीमा कोरोना पुष्टि
६ माघ, एजेन्सी - भारतमा झण्डै आठ महिनापछि एकै दिन तीन लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै, गएको २४ घण्टामा कोरोनाका...
-
२०७८ माघ ५, बुधबार
खोप वितरणमाअसमानताले विश्वलाई नोक्सानी : डब्ल्यूएचओ
५ माघ, एजेन्सी - कोरोना खोप वितरणमा भइरहेको असमानताले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर विश्वकै अर्थव्यवस्थामा असर पर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । कोरोना विरुद्धको खोप वितरणमा बढ्दै गएको असमानताले विश्वलाई नै नोक्सानी गर्ने डब्ल्यूएचओले बताएको हो । खोप वितरणमा देखिएको यो असमानता तत्काल हटे स्वास्थ्य क्षेत्रमा देखिएको सङ्कट समाधान हुने डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन...
-
२०७८ पौष २८, बुधबार
आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिन सक्ने डब्लूएचओको चेतावनी
पुस २८, एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो...
-
२०७८ पौष २८, बुधबार
भारतमा कोरोना संक्रमण बढ्दो, झण्डै २ लाख संक्रमित एकैदिन थपिए
२८ पौष, एजेन्सी - भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार झण्डै १६ प्रतिशत अर्थात् २६ हजार ६ सय बढीको संख्यामा सङ्क्रमित थपिएका हुन् । यस्तै...
-
२०७८ पौष २७, मंगलबार
लता मंगेशकरलाई कोरोना संक्रमण
२७ पुस एजेन्सी - भारतकी दिग्गज गायिका लता मंगेशकरमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनी आईसीयूमा उपचाररत छिन् । उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छिन् । उनकी भान्जी रचना शाहले लता आईसीयूमा रहेको एएनआईलाई पुष्टि गरेकी छन् । तर, उनमा सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।
-
२०७८ पौष २७, मंगलबार
भारतमा एकै दिन थपिए एक लाख बढी संक्रमित
२७ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ६८ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तेस्रो लहरमा संक्रमितको संख्या एक लाख नाघेको यो तेस्रो दिन हो । यस अवधिमा २ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमित ८ लाख २१ हजार ४ सय ४६ पुगेका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी ३३ हजार ४ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरका बेला गतवर्ष लहर सुरु भएको ५६ दिनपछि...
-
२०७८ पौष २४, शनिबार
हाइटीमा पत्रकार जिउँदै जलाइएको घटनाको राष्ट्रसंघद्वारा निन्दा
२४ पुस, एजेन्सी - संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकार हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्। कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्, दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने। हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले...
-
२०७८ पौष २४, शनिबार
भारतमा एकैदिन १ लाख ४१ हजारभन्दा धेरै संक्रमित
२४ पुस, एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या २१ प्रतिशतले बढेको हो। त्यस्तै भारतमा कोरोनाको संक्रमणदर पनि ९.२८ प्रतिशत पुगेको छ। २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा धेरै मानिस संक्रमणमुक्त पनि भएका छन्। भारतमा...
-
२०७८ पौष २३, शुक्रबार
मोदीमाथिको आक्रमण ‘लोकतन्त्रविरूद्ध’ : कंगना
२२ पुस, एजेन्सी - बुधबार पन्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाडीलाई प्रदर्शनकारीले रोकेको विषयमा अभिनेत्री कंगना रनावतको प्रतिक्रिया आएको छ। अभिनेत्री कंगनाले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई अवरोध गरिएको विषयमा ‘लज्जास्पद’ र ‘लोकतन्त्रविरुद्ध आक्रमण’ भनेकी हुन्। साथै उनले पन्जाब आतंकवादी गतिविधिको केन्द्र बन्दै गएको टिप्पणी गरेकी छन्। कंगना रनावतले लेखेकी छन्, ‘पन्जाबमा...
-
२०७८ पौष १७, शनिबार
भारतको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु
१७ पुस, एजेन्सी - दशौँ हजार तीर्थयात्री पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब सवा २ बजे १२ जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खासगरी...
-
२०७८ पौष ८, बिहिबार
पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु
८ पुस, एजेन्सी - भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।


