अन्तर्राष्ट्रिय
-
२०७६ कार्तिक ३, आइतबार
सिरियाली कुर्दको आक्रमणमा टर्केली सेनाको मृत्यु
सिरियाली कुर्दिस लडाकूको आक्रमणबाट आइतबार एक जना टर्केली सैनिकको मृत्यु हुनुका साथै अर्का एक सैनिक घाइते भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ताल अब्याद सीमा क्षेत्रमा गस्तीमा रहेका टर्कीका सेनामाथि कुर्दहरुले आक्रमण गरेर आफ्ना सैनिकको हत्या गरेको...
-
२०७६ कार्तिक ३, आइतबार
क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा लगाएका थिए । यसै महिनाको शुरुमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक...
-
२०७६ कार्तिक ३, आइतबार
काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी
भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ । उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बङ्कर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ । यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको...
-
२०७६ कार्तिक २, शनिबार
मस्जिदमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो
अफगानिस्तानको नन्गाहार प्रान्तका रहेको एक मस्जिदमा शुक्रबार भएको विस्फोटनमा परी मृत्यु हुने व्यक्तिको संख्या ६२ पुगेको छ । देशको पूर्वी भागमा पर्ने नन्गाहर प्रान्तमा अवस्थित मस्जिदको छत नै खस्नेगरी भएको उक्त विस्फोटमा अरु कैयौँ घाइते भएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी गर्नु भएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा...
-
२०७६ कार्तिक १, शुक्रबार
नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त हुनुभएको छ । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुग्नुभएकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गर्नुभयो । योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय...
-
२०७६ कार्तिक १, शुक्रबार
उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा, ट्रम्पद्वारा स्वागत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गर्नु भएको छ । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् । जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’...
-
२०७६ आश्विन ३०, बिहिबार
जापानी सम्राटको शुभराज्याभिषेक स्थगित हुन सक्छ – एनएचके
सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जनाएको छ । “हागिबिस” नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको भनाई उद्धृत गर्दै एनएचकेले समाचार प्रशारण गरेको छ । आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता...
-
२०७६ आश्विन २९, बुधबार
मेक्सिकोमा सुरक्षाकर्मीमाथि भएको हमलामा पन्ध्रको मृत्यु
दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् । मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ । उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको...
-
२०७६ आश्विन २८, मंगलबार
जापानमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुग््यो
जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको छ । खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको जनाएका छन् । आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण...
-
२०७६ आश्विन २८, मंगलबार
चीनमा रासायनिक कारखाना विस्फोट चारको मृत्यु
दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक काराखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो । यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र अर्का एक सामान्य घाइते भएका जनाइएको छ ।
-
२०७६ आश्विन २७, सोमबार
जापानको आँधीमा ३६ को मृत्यु
जापानमा आएको ‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण ३६ जनाको मृत्यु भएको छ । यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । यस आँधीको कारण कम्तीमा १७ व्यक्ति हराइरहेका र कम्तीमा एक सय जना घाइते भएका क्योदो समाचार समितिले जानकारी दिएको छ । घाइतेहरुको सङ्ख्या...
-
२०७६ आश्विन २७, सोमबार
सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष
भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिनुभएको छ । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र...


