अन्तर्राष्ट्रिय
-
२०७६ आश्विन २६, आइतबार
बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु
अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरु पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो । बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन । सन् २०१५ यता...
-
२०७६ आश्विन २६, आइतबार
जापानको आँधीमा ११ जनाको मृत्यु, जनजीवन प्रभावित
जापानमा आएको हागिबिस नाम दिइएको शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु हुनुका साथै दर्जनौं व्यक्ति हराइरहेको उद्धारकर्मीहरुले बताएका छन् । आँधी प्रभावित व्यक्तिहरुको खोजी र उद्धारका लागि आइतबार सेना पनि परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घरहरु डुबानमा परेका छन् । जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा...
-
२०७६ आश्विन २६, आइतबार
चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते
चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो । घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ । घाइते...
-
२०७६ आश्विन २५, शनिबार
फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना
अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष आइसियु मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ । केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार...
-
२०७६ आश्विन २४, शुक्रबार
उत्तर सिरियामा जारी आक्रमणको क्रममा टर्कीका एक सैनिक मारिए
उत्तर सिरियामा टर्कीले जारी राखेको कारबाहीको क्रममा टर्कीका एक सैनिक मारिएका सरकारी स्रोतले पुष्टि गरेको छ । उत्तरी सिरियामा कुर्दिश लडाकू समूह र टर्कीका सैनिकबीच भएको भीषण दोहोरो भिडन्तमा ती सैनिक मारिएका टर्कीले शुक्रबार पुष्टि गरेको हो । टर्कीले जारी राखेको यस कारबाहीको क्रममा टर्कीका तीन सैनिक घाइते भएका रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको थियो । यद्यपी मन्त्रालयले अन्य...
-
२०७६ आश्विन २३, बिहिबार
टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण
उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले...
-
२०७६ आश्विन २२, बुधबार
सिरियाली कुर्दहरुद्धारा सर्वसाधारणलाई आग्रह
सिरियाली उत्तरी प्रान्तहरुमा शासन गरिरहेका कुर्दहरुले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेका छन् । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रहरुको प्रतिरक्षाका लागि लाग्न सर्वसाधारणहरुलाई आग्रह गरिरहेका अधिकारीहरुले जानकारी दिएका हुन् । हामीले सिरियाको उत्तरी र पूर्व भूभागहरुमा सिरियाली भूमिमाथि हुनसक्ने सम्भावित हमलाहरुका विरुद्धमा लाग्न र प्रतिरक्षा गर्नका...
-
२०७६ आश्विन १८, शनिबार
फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो
संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट बाहिरिने घोषणा गरेको छ । फेसबुकको अग्रसरतामा रहेको डिजिटल मुद्रा परियोजनाका २८ वटा सदस्यमध्ये पेपल एक थियो । पेपलले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी विश्वव्यापी यस क्रिप्टोकरेन्सी क्लबबाट बाहिरिने घोषणा गरेको हो । यस क्लबमा भिसा, उबर, लिफ्ट र मास्टरकार्ड समेतका कम्पनीहरु...
-
२०७६ आश्विन १७, शुक्रबार
इराकमा जारी हिंसामा मारिने व्यक्तिको सङ्ख्या २६ पुग्यो
इराकमा तीन दिन यतादेखि हिंसामा परी मारिने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा परी १ हजार ५०० व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । इराकको राजधानी शहर बग्दाद र अन्य केही प्रान्तहरुमा जारी यस विरोध प्रदर्शनको क्रममा मारिनेको व्यक्तिहरुको सङ्ख्या २६ पुगेको इराकी स्वतन्त्र मानव अधिकार...
-
२०७६ आश्विन १६, बिहिबार
इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न – क्युबाली विदेशमन्त्री
अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ । ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक गर्दै विदेश मन्त्री रोड्रिगेजले क्युबामाथि आर्थिक, व्यापारिक र वित्तीय प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको रबैयाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्नुभयो । उहाँले क्युबामाथिका प्रतिबन्धहरु मानव...
-
२०७६ आश्विन १६, बिहिबार
दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी
भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण...
-
२०७६ आश्विन १५, बुधबार
उच्चस्तरीय तालिबानी प्रमण्डल पाकिस्तान भ्रमणमा
अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो । एक महिनाअघि संयुक्तराज्य अमेरिकासँगको वार्ता एकाएक भङ्ग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमलाहरु गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई...


