STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ आश्विन १५, बुधबार

    मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

    अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी आइएस लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान ड्रोन कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् । गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्ष्ँोप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका हुन...

  • २०७६ आश्विन १४, मंगलबार

    मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

    भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो । उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित चलचित्रहरु राखिने छन्, जस्तो कि श्याम बेनेगलको ‘द मेकिङ अफ महात्मा’,...

  • २०७६ आश्विन १४, मंगलबार

    भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

    भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार क्षेत्रमा सन् १९९४ यताकै यो सबैभन्दा भारी मनसुनी वर्षा हो । विभागले मनसुनी वर्षा ढिलो आएको र यो लामो अवधिसम्म रहेको जनाएको छ । चार दिनभित्रमा उत्तर प्रदेशमा १११ जना र...

  • २०७६ आश्विन १४, मंगलबार

    रुसमा मदिरा सेवन ४३ प्रतिशत घट्यो

    विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो । खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ । रुसमा पछिल्ला...

  • २०७६ आश्विन १३, सोमबार

    म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा छ – प्रशिक्षक

    इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताउनुभएको छ । टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ । प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका...

  • २०७६ आश्विन १३, सोमबार

    कारखाना आगलागीमा परी १९ व्यक्ति मारिए

    चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १ः२० मा आगलागी शुरु भएको बताइएको छ । स्थानीय समयानुसार सोमबार बिहान ६ बजे सो आगलागीमा परी मारिने व्यक्तिको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस दुर्घटनाको कारण...

  • २०७६ आश्विन १२, आइतबार

    फिलिपिन्समा ६।४ म्याग्नीच्यूडको भूकम्प

    दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो । इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ । फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको उक्त भूकम्प शुरुमा ६।७ म्याग्नीच्यूडको मापन गरिएको थियो । इन्डोनेसिया भूकम्पीय...

  • २०७६ आश्विन १०, शुक्रबार

    फ्रान्सेली रसायन कारखानामा बिस्फोट

    फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो । लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २।३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो । यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको...

  • २०७६ आश्विन ९, बिहिबार

    एयरबस कम्पनीमाथि साइबर आक्रमण

    युरोपको भिमकाय हवाई कम्पनी एयरबसमाथि ह्याकरहरुले शृङ्खलाबद्ध साइबर आक्रमण गरेको कम्पनीले जनाएको छ । आक्रमणकारीले मुख्यतया एयरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न खोजेका थिए । एयरबसका सुरक्षा विज्ञहरुका अनुसार आक्रमणकारीहरु चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ह्याकिङका बारेमा अनुसन्धानरत दुई जना सुरक्षा विज्ञहरुले एयरबसमाथि १२ महिनाको अवधिमा चार पटक आक्रमणको प्रयास भएको बताएका...

  • २०७६ आश्विन ९, बिहिबार

    इन्डोनेसियामा ६।५ म्याग्नीच्यूडको भूकम्प

    इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६।५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु केही व्यक्ति घाइते भएका छन् । निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयानुसार बिहान करिब ८।४५ बजे भूकम्प आएलगत्तै मानिसहरु...

  • २०७६ आश्विन ९, बिहिबार

    चीन र फ्रान्सबीच रणनीतिक साझेदारी गर्ने सहमति

    चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताउनुभएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताउनुभयो । चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल...

  • २०७६ आश्विन ८, बुधबार

    पाकिस्तान भूकम्प ः मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

    पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो । मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–...

Pages