अन्तर्राष्ट्रिय
-
२०७६ बैशाख १६, सोमबार
बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु
संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।
-
२०७६ बैशाख १६, सोमबार
स्पेनमा समाजवादी पार्टी ठूलो दल, त्रिशंकु सरकार बन्दै
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन । अति–दक्षिणपन्थी दलले यसपटक संसदमा प्रवेश पाएसँगै स्पेनको राजनीतिक परिदृश्य थप अन्यौलतर्फ उन्मूख भएको छ । प्रधानमन्त्री सान्चेजले अरु साना दलसँग मिलेर सरकार गठन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । सन् २०१७ मा...
-
२०७६ बैशाख १६, सोमबार
श्रीलङ्कामा भएको भीषण आक्रमणपछि बुर्का लगाउन प्रतिबन्ध
गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का जस्ता पहिरनलाइ सोमबारबाट लागू हुने गरी प्रतिबन्ध लगाइएको श्रीलङ्का सरकारले आइतबार घोषणा गरेको छ । सोमबारदेखि लागू हुने उक्त प्रतिबन्धमा कुनै...
-
२०७६ बैशाख १६, सोमबार
इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु
इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरुले...
-
२०७६ बैशाख १६, सोमबार
भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति
भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ । निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल...
-
२०७६ बैशाख १५, आइतबार
एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा
अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन एनआरए बाट शनिबार राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम आर्थिक अनियमितताको आरोप लागेपछि ओलिभरले राजीनामा दिनुभएको हो । एनआरएको इन्डियानापोलिसमा आयोजित वार्षिक बैठकमा ओलिभरले राजीनामा बुझाउनुभएको थियो । उहाँले आफू एनआरएको अध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवार...
-
२०७६ बैशाख १५, आइतबार
अमेरिकी कारखानामा लगानी बढाउन जापानसँग आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिनुभएको छ । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि अमेरिकी राजदूतको दस्ताबेजमा उक्त कुरा उल्लेख छ । यही छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन् ।...
-
२०७६ बैशाख १५, आइतबार
भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला ९पीडीभीएसए० वा भेनेजुएला सरकारको ५०...
-
२०७६ बैशाख १५, आइतबार
भारतमा बस दुर्घटनामा दशको मृत्यु, २६ घाइते
भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रुबहाक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन् । घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ । “गतराति यात्रु...
-
२०७६ बैशाख १५, आइतबार
इन्डोनेसियामा बाढीका कारण १२को मृत्यु, १५ हजार विस्थापित
इन्डोनेसियामा आएको पछिल्लो बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीले बाढीका कारण १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएको आइतबार जानकारी दिएका छन् । राजधानी जाकार्ता र बेङकुलु प्रान्तको पश्चिमी क्षेत्रमा आएको बाढीले विस्थापित भएकालाई नजिकै शिविर निर्माण गरी राखिएको अधिकारीले जनाएका छन् । इन्डोनेसियामा बाढीको प्रकोप बेला बेलामा भइरहने...
-
२०७६ बैशाख १३, शुक्रबार
प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण...
-
२०७६ बैशाख १३, शुक्रबार
ब्राजिलको बाँघ भत्किदा अझै पनि ३७ वेपत्ता
ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस दुर्घटनामा परी २३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ । अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ । ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले बिहीबार संसदीय...


