STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ बैशाख २४, मंगलबार

    म्यानमारका दुई पत्रकार रिहा

    सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष केैदको सजाय सुनाइएको थियो । म्यानमारको...

  • २०७६ बैशाख २४, मंगलबार

    सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने

    दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो । यस।वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । यस वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको...

  • २०७६ बैशाख २४, मंगलबार

    कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

    कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताउनुभएको छ । गत फेब्रुअरीमा...

  • २०७६ बैशाख २४, मंगलबार

    पपुवा न्यु गिनीमा ७।२ शक्तिशाली भूकम्प

    पपुवा न्यु गिनीमा सोमबार ७।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी...

  • २०७६ बैशाख २३, सोमबार

    रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

    रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो । रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको...

  • २०७६ बैशाख २३, सोमबार

    उत्तरी फिलिपिन्समा ५।८ म्याग्नीच्युडको भूकम्प

    फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५।८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयांै शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै...

  • २०७६ बैशाख २३, सोमबार

    पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित

    मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ । सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक...

  • २०७६ बैशाख २३, सोमबार

    अमेरिकाले मध्यपूर्वमा नौसैनिक पठायो

    संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताउनुभएको छ । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाउनुभएको छ । उहाँले इरानका कारण अमेरिकी सेना,...

  • २०७६ बैशाख २३, सोमबार

    इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

    प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनु पर्ने गाजामा रहेका एएफपीमा समाचारदाताले बताएका छन् । इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान ४ः३० बजेबाट लागू हुने भनिएको छ ।...

  • २०७६ बैशाख २२, आइतबार

    सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए

    अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्,” मन्त्रालयद्धारा जारी...

  • २०७६ बैशाख २२, आइतबार

    फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु

    बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ । छ व्यक्तिको रुस र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु...

  • २०७६ बैशाख २२, आइतबार

    इरानी राष्ट्रपतिको भाइलाई अनिश्चितकालिन जेल सजाय

    इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ । भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ । “कतिपय आरोपमा उनीबाट गल्ती नभएको देखियो, तर अरु धेरै आरोपहरु पुष्टि भएकाले उनलाई कारागार राख्न आदेश दिइएको छ,” अदालतका एक जना कर्मचारी हमिद्रेज होसेनीले शनिबार बताएका छन्...

Pages