STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७६ श्रावण ३२, शनिबार

    नेवाः खल कास्कीद्वारा तायाः मचा नृत्य प्रतियोगिता

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न...

  • २०७६ श्रावण ३२, शनिबार

    चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

    चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौँ महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । “काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क...

  • २०७६ श्रावण ३०, बिहिबार

    नेवाः डेस्क स्थापना गर्न माग

    प्रहरी प्रशासनले स्थानीय जनताको भाषिक, सांस्कृतिक संवेदनशीलता बुझेर अघि बढ्नुपर्नेमा सम्बद्ध पक्षले जोड दिएका छन् । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रहरी प्रभाग मंगलबजार ललितपुरले बुधबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन् । प्रभागको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठको परिचयसंगै स्थानीयको चाहना र भावना बुझ्ने उद्देश्यले...

  • २०७६ श्रावण २९, बुधबार

    मदिरा निषेधित वडा घोषणा

    मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा...

  • २०७६ श्रावण २८, मंगलबार

    स्थानीय तहमा सुत्केरीलाई प्रोत्साहन भत्ता

    सुत्केरी भएपछि नियमित स्वास्थ्य जाँच गराउने महिलालाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रोत्साहनस्वरुप रु ५०० भत्ता दिँदै आएको छ । सुत्केरी भएपछि नियमितरूपमा गराउनुपर्ने स्वास्थ्य जाँच गराउन प्रोत्साहनस्वरुप महिलालाई भत्ताको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक गजेन्द्र विष्टले बताउनुभयो । “स्वास्थ्य जाँच नगराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने खतरा बढ्न थालेपछि नगरपालिकाले भत्ता दिने...

  • २०७६ श्रावण २६, आइतबार

    पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषित

    जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका–५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो । साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमबीच पूर्वसंविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश नं १ मै...

  • २०७६ श्रावण २३, बिहिबार

    सुर्खेतमा ‘बालिका बचाउ अभियान’ शुरु

    गत वर्षदेखि दैलेखबाट शुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि शुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानूनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो । गैरसरकारी संस्था भिएसओ÷आइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिनेछ । अभियानका संयोजक सजना सुनारले दैलेखका विभिन्न समुदाय र विद्यालयमा...

  • २०७६ श्रावण २३, बिहिबार

    स्थानीय पाठ्यक्रम बनाउँदै महानगर

    भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रममा पढाइ शुरु गर्न स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझव र सहयोगमा पाठ्यपुस्तक...

  • २०७६ श्रावण १८, शनिबार

    असनको कोथुननी बचाउन माग गर्दै १५ हजार हस्ताक्षर गुथि सस्थानलाई बुझाउने

    असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् । हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी...

  • २०७६ श्रावण १७, शुक्रबार

    नयाँ जातको गाईको विकास गरिँदै

    हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् । अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यका अनुसार मुस्ताङबाट काठमाडौैँमा दुई...

  • २०७६ श्रावण १७, शुक्रबार

    बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु

    पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु...

  • २०७६ श्रावण १६, बिहिबार

    भरतपुर आँखा अस्पतालमा दुई लाख बढीले सेवा लिए

    नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ३२ हजार ३७५ जना बढी आँखाका बिरामीले सेवा लिएका हुन् । भरतपुरमा रहेको अस्पताल, विभिन्न स्थानमा गरिएका आँखा शिविर र अस्पतालबाट सञ्चालित आँखा उपचार केन्द्रहरुबाट बिरामीलाई सेवा दिइएको...

Pages