उपत्यका
-
२०७६ आषाढ २५, बुधबार
बौद्ध घ्याङ गुठीका चिनियाँ लामालाई बर्खास्त गर्न माग
बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उहाँलाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले राससलाई जानकारी दिनुभयो । “भूपतिबज्रले आफू...
-
२०७६ आषाढ २५, बुधबार
‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको १५०आँै हप्ता
तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ । दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन उहाँ तुलसीपुर आउने गर्नुहुन्छ । सफाइ कार्यक्रममा एक घण्टा खट्नुहुन्छ र फेरि पैदलै हिँडेर घर फर्किनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो शहर सफा स्वच्छ र हरियाली हुन्छ भने हप्तामा एक...
-
२०७६ आषाढ २४, मंगलबार
कम वर्षा कम रोपाइँ
असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले...
-
२०७६ आषाढ २४, मंगलबार
विकट गाउँका टोलटोलमा सौर्यबत्ती
पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । लोडसेडिङको बेला पनि गाउँमा...
-
२०७६ आषाढ २४, मंगलबार
दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गरिने
काठमाडौँ महानगरपालिकाले सम्भावित आगलागीका घटना नियन्त्रण गर्न र घटना भइहाले क्षति कम गर्न, दमकललाई थप प्रभावकारी बनाउन र आवश्यक उपकरणको खरिद तथा दमकल जान नसक्ने ठाउँमा पाइपको व्यवस्था गर्ने भएको छ । महानगरभित्र विभिन्न स्थानमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्थापन गरिने नगर प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । उहाँका अनुसार महानगरका विभिन्न स्थानका गल्लीभित्र दमकल जान...
-
२०७६ आषाढ २३, सोमबार
कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि आवतजावतमा समस्या
काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले...
-
२०७६ आषाढ २३, सोमबार
कोदो रोप्न थाले उत्तरी रसुवाका किसान
तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्कोतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो । समुद्री सतहदेखि...
-
२०७६ आषाढ २३, सोमबार
खुलामञ्चमा हिलो र धुलोले यात्रुलाई सास्ती
राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर निर्माण गर्ने सम्झौता काठमाडौँ महानगरपालिकाले गरे पनि काम अघि बढ्न सकेको छैन । टावर निर्माण भएपछि मुनिको भागमा बसपार्क सञ्चालन गर्ने सहमति भएको थियो ।...
-
२०७६ आषाढ २२, आइतबार
डिपबोरिङ सञ्चालनमा आउन सकेन
मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको रु ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुु¥याई उत्पादन...
-
२०७६ आषाढ २२, आइतबार
साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार
६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् । जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष...
-
२०७६ आषाढ २२, आइतबार
दिवा खाजा कार्यक्रम बन्द भएपछि बालबालिका प्रभावित
दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत पाँच वर्षीया सरिताकुमारी रामको दैनिकी विद्यालयको पढाइमा नै बित्ने गर्दथ्यो । पर्साको छिपहरमाई गाउँपालिका¬–५ भीस्वास्थित जयमङ्गल माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई दिवा खाज कार्यक्रम बन्द भएपछि ठूलो असर परेको छ । उनी मात्र होइन, यो कार्यक्रम बन्द भएपछि विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकामा ठूलो असर परेको हो । विद्यालय जान प्रोत्साहनका लागि दिइने...
-
२०७६ आषाढ २०, शुक्रबार
‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान
नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र...


